Nic Asia
cocacola

आलेख

नेपाली कम्युनिष्टहरूको एकता बहस: ‘डाईनामिक’ नेता पुष्पलाल, मदन भण्डारी र प्रचण्ड

विपिन आचार्य

नेपालमा कम्युनिष्ट आन्दोलन सुरुवात भएको करिव सात दशक हुदैछ । निकै उतारचडावका बीच कम्युनिष्ट पार्टीको निर्माण र श्रमजिविहरूको आन्दोलन अगाडि बढीरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास रुस र चीनको जस्तो पुरानो छैन । तर पनि नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले गरेका कामहरु सरहानिय छन् ।
वर्तमान समयमा नेपाली कम्युनिष्ट पार्टीहरूको एकताको बहस चलिरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई यहांसम्म ल्याउने नायकहरू पुष्पलाल, मदन भण्डारी र प्रचण्ड लगायत हुन् ।

पुष्पलाल जसले नेपाली भूमिमा कम्युनिष्ट विचारको विऊं रोपे । तर विडम्वना मुलुकमा हाल एउटा मात्र कम्युनिष्ट पार्टी छैन । यद्दपि सवै कम्युनिष्ट पार्टीहरूले पाएको मतलाई एकिकृत गर्दा पुष्पलाल ले रोपेको विचारका पक्षमा बहुमत जनता रहेका छन् ।

जहानिय राणा शासनको समयमा कम्युनिष्ट पार्टीको निर्माण गर्नु चुनौतिपुर्ण थियो । पुष्पलालको अदम्य साहश का कारण नेपालमा कम्युनिष्ट पार्टीको संभव भएको हो । सुरूवातको अवस्थामा राणाहरू बर्वरतापुर्ण शासनको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी आन्दोलनमा थियो ।

बि.स २००७ सालमा मुलुकमा प्रजातन्त्र आयो। जनताहरु जहानिय शासनवाट मुक्त भए । नेपाल नयाँ युगमा प्रवेश गरेको अवस्था थियो । मुलुकमा प्रजातन्त्र आए पश्चात शासकहरू शासित र शासितहरु शासक भएका थिए । संविधानसभाको चुनाव मार्फत संविधान निर्माणको बहस चलेको थियो ।

जनातालाई मताधिकरको अवसर दिने निर्णयले नेतृत्व प्रति जनताहरु धेरै आशावादी थिए ।

तत्कालिन कम्युनिष्ट नेताहरूले वि.स २०१५ सालको चुनावमा भाग लिएर संसदमा श्रमजिवि,किसान र मजदुरको पक्षमा मत जाहेर गरेको थियो । संसदलाई उपयोग गर्ने निति कार्वानय हुँदै गर्दा, संसद तत्कालिन राजा महेन्द्रले विघटन गरिदिए । तत्पश्चात पञ्चायति शासन व्यवस्था जवर्जस्ती लागू गरे ।

पुष्पलालले पञ्चायती शासन विरुद्ध आन्दोलनको पक्षमा सँघर्ष गर्ने उद्मोष गरे । यसविचमा दरभंगा प्लेनमको आयोजना गरेर पुष्पलाल लाई अल्पमत पार्ने षडयन्त्र सुरु भयो । उक्त दरभंगा प्लेनममा पुष्पलाल उपस्थित भएनन् । माक्सवाद र माओवाद लागू गर्ने पक्षमा निरन्तर लागी परे ।

कम्युनिष्ट पार्टी भित्र राजा महेन्द्रको प्रजातन्त्र हर्कत विरुद्ध वहसमा भईरहेको थियो । बहसमा सहभागी केशरजंग रायमाझी लगायतले महेन्द्रको समर्थन गर्दै सत्तामुखि निति लिए । रायमाझीले उठाइरहेको ’कन्ट्रोल डेमोक्रेसी’अर्थात कार्यक्रमद्वारा नियन्त्रित प्रजातन्त्रको नारा परविर्तन गरे । किनभने, राजा महेन्द्रले पनि त्यसबेला ’देश सुहाउँदो प्रजातन्त्र’को नारा दिएका थिए । तेस्रो सम्मेलनबाट रायमाझी लगायतले ’राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम अंगीकार गरे ।

नेपाल कम्युनिष्ट पार्टीमा फुटको पहिलो संकेत देखियो । यस अवस्थामा सर्वहारा श्रमजिवि वर्गको पक्षमा आन्दोलनको खांका कोर्दै दस्तावेज निर्माण गर्नु भयङ्कर चुनौति थियो । पुष्पलालको डाईनामिक नेतृत्वले नेपालको कम्युनिष्ट आन्दोलनमा पुन सहि दिशा प्रदान गरे ।
मुलुकमा पञ्चायत विरुद्ध आन्दोलन चलिरहेको थियो । यसै विचमा नेपालमा जनताको शासन पक्षमा निरन्तर ओकालत र संघर्षशिल नेपाली कम्युनिष्ट आन्दोलनका मुर्धन्य ब्यक्ती पुष्पलालको शाहदत भयो ।
पञ्चायत विरुद्धको आन्दोलनमा तत्कालीन झापाका कम्युनिष्टहरू देखा परे । झापाका कम्युनिष्टहरूले गरेको कामले नेपाली कम्युनिष्ट आन्दोलनमा ठुलो मलजल गर्यो । नेपालका सर्वहारा र श्रमजिवि वर्गलाई नयाँ आशा थपिदियो ।

उक्त झापा आन्दोलनको अगुवा कर्ता मध्ये एक मदन भण्डारी पनि हुनुहुन्थ्यो । प्रखर वक्ता तथा मृदुभाषी मदन भण्डारी पञ्चायत विरोधी आन्दोलन सँगै सर्वहारा श्रमजिवि वर्गको पक्षमा अहोरात्र खट्नु भएको थियो । माक्सवादको आवश्यकता र औचित्य वारेमा प्रष्ट गराउदै जनतालाई जागरुक बनाउने अभियानमा पूर्व मेचि देखि पश्चिम महाकीलीसम्म पुगेका थिए ।

भण्डारीका भाषणहरू माक्सवाद लेनिनवादी दर्शनमा रहेर गरेको पाईन्छ । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको खुल्लमखुल्ला विरोध गर्ने सक्ने साहसी नेता हुन । राजसंस्था र सामन्ती व्यवस्था बीरुद्ध खुलममुल्ला मानिसहरु बोल्न नसक्ने बेलामा मदनले तत्कालीन राजालाई राजनीति नै गर्न मन नभ श्रीपेच फुकालेर मैदानमा आउन चुनौती दिएका थिए ।

तर आजको एमाले सामुहिकताको अन्त्य गर्दै व्यक्तिवादलाई प्रशय दिईरहेको छ । नेताहरुले सरकारको ढूकुटीमा राष्ट्रीय पुजीँको निर्माण भन्दा सिमित व्यक्तिका उद्मोग कलकारखानालाई ध्यान दिएका छन । धेरै बहुराष्ट्रिय कम्पनिका मालिक र सेयर दाता एमाले नेताहरू छन् । यतिवेला एमाले पार्टी मध्यम वर्गीय पार्टीमा रुपातन्तरण भएको छ ।

भण्डारी भाषणहरू कम्युनिष्ट र काग्रेंसका आचरण वारे धेरै प्रस्ट छन् । कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएको पाइन्छ । वर्तमान एमाले नेतृत्व कांग्रेस प्रति उदार छ ।

जनताको संविधान वारे वाकलत गरे पनि बि.स २०४६ सालको संविधान निर्माणमा मदन भण्डारीले नेतृत्व गरेको पार्टी एमालेले व्यवहारिक रुप दिन भने सकेन । कम्युनिष्टहरू सिद्दान्तत गणतन्त्रवादी र धर्मनिरपेक्ष पक्षधर हुन्छन् । यद्मपि मदन भण्डारीले नेपालमा गणतन्त्र, समानुपातिक र समावेशी शासन वारे खासै चासो नदिएकोमा आलोचना भईरहन्छ । परन्तु स्थानीय तहलाई अधिकार दिने वारे भण्डारी प्रष्ट देखिन्छन् ।
असहज र सहज परिस्थतिमा नेतृत्व गर्न सक्ने क्षमता भएका नेपालको लोकतान्त्रीक आन्दोलनमा शतिसाल मदन भण्डारी दाशढुङ्गामा रहस्यमय दुर्घटनाले वि.स २०५०/०२ /०३ निधन भयो । ’राजनितिमा थकाई भन्ने शब्दावली हुँदैन’,मदन भण्डारी यो भनाइले राजनीति गर्नेहरूलाई सधै आशावादी बनाईरहन्छ ।

मदन भण्डारीको देहवशान भएको दुईवर्ष पछि प्रचण्डको नेतृत्वमा मुलुकमा जनयुद्ध सुरु भयो । जनयुद्ध गणतन्त्रका लागि वंशवादमा आधारित राजतन्त्रात्मक शासनविरूद्धको विद्रोह थियो । वस्तुगत र आत्मगत अवस्थालाई अध्ययन गरी ठोस परिस्थितिको ठोस विश्लेषणको आधारमा जनयुद्ध भएको थियो । त्याग, बलिदान र समर्पणको जगमा दशवर्षे माओवादी जनयुद्धले नेपालको राजनीतिमा कायापलट गरिदिएको छ ।

माओवादी आन्दोलनले लिएको लक्ष्यअनुरूप नेपालमा संघीय गणतन्त्र स्थापना भएको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वले लिएको लक्ष्य अनुरुप आज मुलुकमा समाजवाद उन्मुख संविधान निर्माण भएको छ । संविधानमा समावेशी,समानुपातिक र धर्म्निरपेक्ष छ । जनताहरुले गाऊँ गाऊँमा आफ्नो मत द्धारा सरकार निर्माण गरेका छन् ।

मार्क्सवादी, लेनिनवादी र माओवादी मुल्य र मान्यतामा आधारित रहेर निर्माण भएको कम्युनिष्ट पार्टी माओवादी हो । गरिव, ज्यालादारीमा काम गरेर खाने र उत्पीडित वर्ग सधै क्रान्तिको पक्षमा छन् । उत्पीडीत किसान मजुदर वर्ग माओवादी प्रति आशावादी छन । माओवादीले सामन्ती,दलाल र नोकरसाही प्रवृतिको विरूद्ध घोषित वा अघोषित अहिलेसम्म जेहाद नै चलाईरहेको छ ।

लेखक अाचार्य

 

माओवादी नेताहरूले सत्ताको नेतृत्व वारम्वार गर्दा पनि पार्टी नेतृत्व क्रान्ति प्रति प्रतिवद्ध वनाउनु प्रचण्डको डाइनामीक क्षमता हो ।

प्रचण्डले प्रस्तुत गरेको २१औ शताव्दीको जनवादको अध्ययन गर्दा पनि प्रस्ट हुन्छ, उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशानिर्देश गर्न खोजेका छन् ।

प्रचण्डले नेतृत्व गरेका सरकार इतिहासका सफल सरकारका रुपमा जनताले बुझेका छन् । प्रचण्ड सरकारले लोडसेडिङको अन्त्य गर्यो । बन्द रहेका उद्योग कलकारखाना पुनःसञ्चालनमा ल्यायो। प्रचण्ड नेतृत्वको सरकारको छोटो कार्यकालमा धेरै सुधारात्मक काम भएका छन,समृद्धिको ढोका खुलेका छन । आर्थिक वृद्धिदर ७.५ प्रतिशत रहने तथ्याङ्क विश्व बिकास बैंकले सार्वजनिक गरेको छ । प्रचण्ड सरकारको पालामा मूल्यवृद्धि घटेर २.२५ प्रतिशत हुनु क्रमशः मुलुक उज्यालो दिशातर्फ उन्मुख भएको संकेत हो । यति वेला प्रचण्ड प्रति जनताको विश्वास बढेको छ ।

कांग्रेस र एमालेका नेताहरू प्रचण्डको बढ्दै गएको लोकप्रियतामा धव्वा लगाउन खोजिरहेका छन् । एमालेसँगको चुनावी तालमेल वा एकता त्यसको कडी नवनोस् ।

सरप्राइजका रूपमा आएको एमाले र माओवादी चुनावी तालमेल र पार्टी एकता ६० प्रतिशत र ४० प्रतिशत भागभण्डा गरेर सत्तामा जाने माध्यम वनाउनु हुँदैन ।

कम्युनिष्टहरू बीचको वास्तविक तालमेल वा एकता हो भने निति र सिद्दान्तलाई पनि ध्यान दिन जरूरी छ । चीन भ्रमण गए ’वामपन्थी’ र भारत भ्रमण गए ’डेमोक्रेसी’ यस्तो छेपारे चरित्र एमालेको छ त्यसबाट जोगिनु चुनौतिको विषय हुने छ ।

माओवादी नेतृत्वले,एमालेसँगको चुनावी तालमेल र एकताका निम्त यि तिन विषयलाई ध्यान दिन जरूरी देखिन्छ ।

पहिलो चुनावमा हार जित हुन्छ स्वभाविक हो तर एमालेको आन्तरिक जीवनमा एक अर्को प्रति अन्तरघात प्रतिघात हुदै आएको प्रशस्त देखिन्छ, एमालेसंगको चुनावी तालमेलमा चुनाव चिह्न एउटै अपनाउनु जरूरी हुन्छ ।
दोस्रो पार्टी एकताको विषयमा,समाजवादी क्रान्तिप्रति एमालेको प्रतिवद्धता आवश्यक छ ।

तेस्रो र महत्वपुर्ण कम्युनिष्ट पार्टी निमार्ण गर्न एमाले ले चाहेकै हो भने प्रमुख नेतृत्व क्रान्तिकारी हुनु पर्छ । एमाले पार्टीलाई क्रान्तिकारी वनाउनु भनेको,’घन घोटेर बन्चरो बनाउनु हो’ । क्रान्तिकारी एमाले वनाउने प्रचण्डको साहस कदर योग्य छ ।

मुलत मार्क्सवाद लेनिनवाद र माओवादमा आधारित हुदै सर्वहारा वर्गलाई हित गर्ने एकिकृत पार्टी बन्नु पर्छ । यी विषयमा एमालेका नेताहरूको प्रष्ट धारणा नआएको खण्डमा, कम्युनिष्टहरूको तालमेल र एकता प्रचण्डको मृगतृष्णा मात्र हुनेछ ।

(लेखक माओवादी समर्थक हुन्) सोमवार, आश्विन २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti