Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

अनौठो संसार

विवाह गर्नुभन्दा पहिला यस्तो गर्छन् युवती, पुरुषलाई झुक्याउन !


ट्यूनीशियामा जब युवतीको विवाह हुन्छ तब उनीहरु कुमारी भएको अपेक्षा गरिन्छ ।

यस कारण त्यहाँ भर्जिनिटिलाई फेरि हासिल गर्नका लागि हाइमन(एक प्रकारको नक्कली झिल्ली) लगाउने कारोबार खुब बढीरहेको छ ।

यास्मीन(परिवर्तित नाम) धरै डराएकी छिन् । उनी आफ्नो नङ दातले टोकिरहेकी थिइन् र लगातार मोबाइल हेरिरहेकी थिइन् ।

उनले भनिन्,‘म यसलाई धोकाको रुपमा मान्छु र यसका लागि बहुत दुखी छु ।’ट्युनीशियाको एक प्राइभेट क्लिनिकमा हामी चौथो तलामा छौं, यहाँ महिलाको समस्यासँग सम्बन्धि डाक्टर छन् । गुलाबी रंगको वेटिङ रुपमा महिला धैर्यका साथ प्रतीक्षा गरिरहेका छन् ।

यास्मीनले बीबीसीलाई बताए अनुसार उनले नक्कली हाइमन(एक प्रकारको झिल्ली) लगाएकी छिन् । एक साने मेडिकल प्रक्रियाका रुपमा महिलाले गोप्य अंगामा हाइमन जोड्ने गरेको छन् । हाइमनलाई फेरि जोड्दा भर्जिनिटी फिर्ता ल्याउने रुपमा लिइएको छ ।

समाजशास्त्री सामिया एलुमीले भनिन्,‘हामी आधुनिक समाजमा रहने दाबी गरिरहेका छौं तर यहाँको आधुनिकतामा महिलाको यौन सम्बन्धसँग जोडिएको स्वतन्त्रता देखिदैन ।’, यास्मीनको विवाह दुई महिनापछि हुन लागेको थियो ।

२८ वर्षकी यास्मिनको डरले सताइरहेको थियो कि उनी भर्जिन छैनन् । उनलाई लाग्थ्यो कि भविष्यमा उनले भर्जिन न भएको कुरा पत्ता लाग्ने छ ।

त्यहाँ युवती भर्जिन नभएको खण्डमा विवाह भएको केही दिनमा उनलाई तलाक दिने छन् । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell