Nic Asia
cocacola

अनौठो संसार

सुन्दै अचम्म लाग्ने यस्तो रोग, तपाईलाई लागेको छ कि ?


मानवशरीर अनेकौं रहस्यले भरिएको छ । जति बुझ्न खोज्यो त्यति शरीरभित्रका अनौठा कुराले हामीलाई तीनछक्क पार्छन् । शरीरको सन्तुलन अलिकति मात्रै बिग्रियो भने पनि अचम्मका रोग लाग्छन् मान्छेलाई । आउनुस् जानौं यस्ता केही अचम्मका रोगहरू :

१ तुरेत सिन्ड्रोम
यो रोग लागेको मान्छेले अनायासै आँखा झिम्क्याउने, हाच्छ्युँ गर्ने, खकार्ने गर्छन् अनि छाडा छाडा गाली दिन्छन् । उनीहरू आफ्नो शब्द र गैरशाब्दिक गतिविधिलाई नियन्त्रण गर्न सक्दैनन् ।

२ डर्माटोग्राफिया 
यस्तो रोग लागेको मान्छेको छालामा वर्ण तथा शब्द लेख्न मिल्छ । रोगीले छाला कन्याउँदा छाला रातो भएर फोका उठ्छन् । आधी घन्टापछि छाला फेरि सामान्य हुन पुग्छ । कहिलेकाहीँ चाहिँ धेरै दिनसम्म पनि छालामा फोका उठ्छ । कन्याउनुका अलावा तनाव, साँघुरा कपडा, घडी, शीशा, संक्रमण लगायतका बाहिरी दबाबले पनि यस्तो रोग लगाइदिन्छ । 


३ एहलर्स दानलोस सिन्ड्रोम
यस्तो रोग लागेको मान्छेको छाला तन्किन्छ । यिनीहरूको औंला पनि बांगोटिंगो हुन्छ । अरू पीडादायक कुरा पनि हुन्छन् । यस्ता मान्छेले ढोकाको चुकुल लगाउने जस्तो सरल काम पनि गर्न सक्दैनन् ।


४ टिन्नीटस
यो रोग लागेको मान्छेको कान २४सै घन्टा बजिरहन्छ । बाहिर कुनै आवाज नआएको भएपनि यिनीहरू केही न केही सुनिरहेका हुन्छन् । 


५ बडी इन्टेग्रिटी डिसअर्डर
बडी इन्टेग्रिटी डिसअर्डर रोग लागेका मान्छेलाई आफ्नै हात वा गोडा पनि आफ्ना होइनन् जस्तो लाग्छ । हात वा गोडा काटेर फाले आफूलाई ठीक हुने उनीहरू विश्वास गर्छन् ।


६ साइनेस्थेसिया
यसमा व्यक्तिका ज्ञानेन्द्रिय एकअर्काको काम गर्छन् । यिनीहरू एउटा ज्ञानेन्द्रियको काम अर्को ज्ञानेन्द्रियसँग जोड्छन् । यिनीहरूका लागि नीलो रंग गुलियो हुन्छ भने शब्द पनि सुँघ्न सक्छन् । 


७ क्लस्टर हेडेक
टाउको एकापट्टिको भाग चरम दुख्नु यो रोगको विशेषता हो । गर्भवती महिलाले बच्चा पाएभन्दा बढी पीडा हुन्छ यो रोग लागेको मान्छेलाई । आधी घन्टादेखि दुई घन्टासम्म यसले सताउन सक्छ । कहिलेकाहीँ त आँखा नै बाहिर निस्कन पनि सक्छ पीडाका कारण । 


८ पोल्यान्ड सिन्ड्रोम
यो दुर्लभ रोग हो । यस्तो रोग लागेको व्यक्तिको एकातर्फको छाती नै हुँदैन ।


९ ब्रेस्ट हाइपरट्रोफी
यो रोग लागेका महिलाको स्तनका तन्तुहरू बिग्रेर छिटोछिटो बढ्छन् जसका कारण स्तन फुलेर बडेमानको भई लत्रिन्छन् । 


१० लिंग उत्तेजित भइरहने 
पर्सिस्टेन्ट जेनाइटल अराउजल सिन्ड्रोम रोग लागेको व्यक्तिको विनाकारण जतिखेर पनि लिंग उत्तेजित भइरहन्छ । यौन चाहना नभइकन पनि यस्ता व्यक्तिको लिंग ठडिन्छ । कहिलेकाहीँ त हप्तौंसम्म पनि लिंग ठाडो भइरहन्छ र बेस्सरी दुख्छ । 


११ ट्रइमेथाइलामिनुरिया
यो रोग लागेको मान्छे माछाजस्तै गनाउँछ । इन्जाइममा खराबी भएमा यो रोग लाग्छ । पुरुषलाई भन्दा महिलालाई यस्तो रोग बढी लाग्छ । यसको कुनै उपचार छैन । महाभारतकी पात्र मत्स्यगन्धालाई शायद यो रोग लागेको थियो ।


१२ गुटेरस डाइडेल्फिस
यो रोग लागेका महिलाका दुईवटा गर्भाशय र कहिलेकाहीँ त दुईवटा योनि हुन्छन् । दुवै गर्भाशयबाट एकैचोटि जुम्ल्याहा जन्माउन पनि मिल्छ । धेरै महिलालाई त गर्भवती नहुन्जेल यो रोगका बारेमा थाहै हुन्न ।


१३ माइकतुरिसन सिन्कोप
पिसाब फेरिसकेपछि एकछिन बेहोश हुन्छ यो रोग लागेको मान्छे । प्रायः पुरुषलाई लाग्छ यो रोग र यसको कुनै उपचार छैन । कहिलेकाहीँ त खोक्दा, दिसा गर्दा र छाद गरेपछि पनि मान्छे बेहोश हुन्छ । 


१४ फ्याक्टिसस डिसअर्डर
यो मानसिक रोग हो । यो रोग लागेको मान्छेले पागल भएको अनुभव गर्छ । आफू बच्चा भएको, जनावर भएको र बूढो बिरामी मान्छे भएको बहाना समेत बनाउन सक्छ यो रोग लागेको मान्छेले । 


१५ अफान्टासिया
यो रोग लागेको मान्छेको दिमागमा कुनै छवि बस्दैन । रोगका कारण आँखाले दिमागमा छवि पु–याउन सक्दैन । त्यसैले रोगीले मान्छेको अनुहार सम्झन सक्दैनन् । धेरैलाई त यो रोग लागेकै थाहा हुँदैन । 


१६ एपिडर्मोडाइसप्लासिया भेर्रुसिफर्मिस
यो वंशानुगत छाला रोग हो । यो रोगका कारण मान्छेको हातमा कत्ला र मुसा उत्पन्न हुनछन् । त्यस्ता कत्ला काठजस्ता देखिन्छन् । रुखका बोक्रा जस्ता देखिन्छन् ती । मान्छे नै रुख जस्तो देखिन्छ । शल्यक्रिया गरेर मात्र यो रोग हटाउन सकिन्छ ।
बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti