Nic Asia
cocacola

अनौठो संसार

बाल्यकालमै जवान भइन् यी बालिका, बदलियो पूरै शरीर

काठमाडौं, २५ असोज — संसारमा अनेकथरी रोगबाट पीडित मानिसहरू छन् । अस्ट्रेलियाकी ट्याम डोभरले हालै आफ्नी पाँच वर्षीया छोरीको समस्या सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।


ट्यामकी छोरी एमिली जम्मा पाँच वर्षकी भइन् तर उनको शरीरमा भएको हर्मोन गर्भवती महिलाको जस्तो छ । यति सानी बच्चीको पनि युवतीको जस्तो स्तन विकसित भएको छ ।

एमिली जम्मा दुई वर्षकी हुँदा नै स्तन विकसित भइसकेको थियो । अनि चार वर्षमै उनी रजस्वला भइसकेकी थिइन् । उनको शरीरबाट आउने पसिना पनि ठूलो मान्छेको जस्तो गनाउँछ ।

ट्यामका अनुसार, एमिली सामान्य बच्ची जस्ती रहिनन् । उनको शरीरको विकास र परिवर्तनका कारण उनी सधैं अरूभन्दा फरक रहिन् ।

हुँदाहुँदा पाँच वर्षकै उमेरमा एमिलीको रजोनिवृत्ति (मेनोपज) भइसकेको छ ।

यो एडिसन नामक रोग हो । यसको उपचारका लागि धेरै पैसा खर्च हुन्छ । एमिलीको उपचार गर्दागर्दा ट्यामको धेरै पैसा खर्च भइसकेको छ । त्यसैले उनले उपचार खर्च जुटाउन एउटा फन्ड पेज बनाएकी छन् ।

एजेन्सी

बुधवार, आश्विन २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti