विश्व/प्रवास

राहुल गान्धी महिला शाैचालयमा घुसेपछि...


नयाँदिल्ली, २६ असोज– भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी ९ देखि ११ अक्टोबरसम्म भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरात यात्रामा थिए ।

बुधवार राहुलले छोटा उयदपुर भन्ने ठाउँमा ‘संवाद’ कार्यक्रममा युवासँग छलफल गरे । तर यात्राको दौरान उनले केही ‘लाजलाग्दो’ गतिविधिको सामना गर्नुपर्यो ।

कार्यक्रम सकिएपछि राहुलाई शाैचालय जानु पर्यो । उनी भूलवश लेडिज ट्वाइलेट (महिला शाैचालय)मा घुस्न पुगे । यद्यपि गल्ती भएको महुशष हुने बित्तिकै राहुल केहीवेरमै त्यहाँबाट फिर्ता आइहाले ।

कार्यक्रम सकिएपछि गान्धी सिटी हलबाट बाहिरिएका थिए । उनलाई फ्रेस हुनका लागि शाैचालय जानुपर्यो । सौचालयको ढोकामा गुजगारती भाषामा ‘महिलाओं माटे सौचालय’ अर्थात् महिलाका लागि शाैचालय लेखिएको थियो । दोस्रोतर्फ पुरुषको शाैचालय थियो ।



सौचालयकाे ढाेकामा महिला–पुरुषको संकेत भने राखिएको थिएन । राहुलले गुजराती भाषामा लेखिएको शब्द बुझ्न सकेनन् । यस्तोमा भूलवश महिला शाैचालयमा घुस्न पुगे ।

बाहिर हल्ला हुन लाग्यो कि कांग्रेस उपाध्यक्ष राहुल महिलाशाैचालयमा घुसे । उनका एसपीजी उनलाई रोक्न जाँदै थिए, राहुल महिला शाैचालयबाट बाहिर निस्केर आइसकेका थिए ।

तर त्यतिबेला केही फोटोग्राफरले महिला शाैचालयबाट बाहिर आउँदै गरेको अवस्थामा राहुलका केही फोटो भने खिचिसकेका थिए । अहिले ती फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस