अनौठो संसार

१२ महिनादेखि गर्भवती महिलाले यो के जन्माइन् ?

काठमाडौं — अफ्रिकाको एक देश मालावीमा बस्ने एक महिलासँग आश्चर्यजनक घटना भएको छ ।


कांसुगू क्षेत्रकी यी महिला १२ महिनासम्म गर्भवती भइन् । सामान्य महिला त नौ महिना गर्भवती हुन्छन् तर यिनको तीन महिना थप तन्कियो ।

पछि काम्बोनी हेल्थ सेन्टरमा महिलाले दुईवटा पत्थरलाई जन्म दिइन् ।

स्वास्थ्य केन्द्रका अधिकारी क्रिस्टोफर काडिम्बाले ती महिलाले दुईवटा ढुंगा जन्माएको पुष्टि गरे । सबैजना घटना देखेर आश्चर्यमा छन् ।

लिलिया फिरी नाम गरेकी यी महिलाले नर्मल डेलिभरी नै गरेकी हुन् । तर बच्चाको ठाउँमा पत्थर निस्कियो ।

पत्थरहरू एक कालो प्लास्टिकमा बेरिएको अवस्थामा बाहिर निस्केका थिए । प्लास्टिकमा कुनै रगत लत्पतिएको थिएन । अचम्मको कुरा त महिलालाई कुनै किसिमको पीडा भएन ।

स्वास्थ्य केन्द्रले महिला र पत्थरको परीक्षण गर्ने भएको छ ।

यस्तो अप्राकृतिक जन्म देखेर केही मानिस ती महिलालाई बोक्सी भनिरहेका छन् ।

एजेन्सी असार ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार