Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

४० वर्षपहिले साँपले टोकेर मरेकी महिला जिउँदै भेटिइन्

काठमाडौं — भगवानले बचाउन चाहेको मान्छेलाई मृत्युले पनि लान सक्दैन भन्ने भनाइ छ । यस्तै घटना भयो भारतको उत्तर प्रदेशस्थित कानपुर नजिकैको गाउँमा ।


कानपुरकी एक महिलालाई ४० वर्षपहिले सर्पले टोकेपछि मृत्यु भएको मानिएको थियो । उनका आफन्तले उनको शव गंगा नदीमा बगाइदिएका थिए ।

सन् १९७६ मा भएको यस घटनाको यत्तिका वर्षपछि महिला गाउँ फर्केर आइन् । आफू त्यतिखेर नमरेको, बरू बेहोश मात्र भएको उनले बताइन् ।

त्यो घटनाका कारण आफ्नो स्मरणशक्ति हराएको र अहिले आएर कुरा सम्झिन थालेपछि गाउँ फर्केको उनले बताइन् ।

गाउँलेहरूलाई उनको कुरा पत्याउन मुश्किल परिरहेको छ ।

एजेन्सी
सोमवार, पौष ११, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam