Nic Asia
Tata /sipradi
Sarbottam Cement

अर्थ विविध

सर्वसाधारणको १ अर्ब ६० करोड ठगी आरोपमा सुधीर बस्नेत पक्राउ

काठमाडौं, १३ पुस- सर्वसाधारण जनतालाई अपार्टमेन्ट दिने भन्दै मोटो रकम ठगी गरेको आरोप लागेका फरार अभियुक्त सुधीर बस्नेत पक्राउ परेका छन् ।

गएराति काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बस्नेत पक्राउ परेका हुन् । सर्बसाधारण तथा बैंकहरुको एक अर्ब ६० करोड भन्दा बढी रकम ठगेको आरोप उनी माथि लागेको छ ।

अदालतको फैसला कार्यान्वयन इकाई, जिल्ला प्रहरी कार्याय काठमाडौं र अपराध महाशाखाको टोलीले उनलाई घरबाटै पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । लामो समय देखि भारतमा लुकेर बस्दै आएका उनी राति ११ बजे आफ्नै घरबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय ।

भारतमा लुकेर बसेका बस्नेत घरमा आएको थाहा पाएपछि प्रहरीले उनको पिछा गरेको थियो । अपार्टमेन्ट बेच्नको लागि सर्बसाधारण तथा बैंकहरुबाट पैसा लिएका उनले तिर्न बाँकी छ ।

काठमाडौंमा संचालन गरेको ओरन्टल सहकारी मार्फत पनि उनले सर्बसाधारणको रकम ठगेका थिए । ओरन्टलमा कारोबार गर्ने सबै सर्वधासाधारणको पैसा समेत उनले खाएका छन् । कोहिनुर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नामबाट समेत उनले बैंकहरु मार्फत ७० करोड रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, तथा कुमारी बैंकबाट लिएको ७ करोड ३६ लाख रुपैया उनले तिरेका छैनन् । यसैगरी सिद्धार्थ बैंकबाट ६ करोड १५ लाख र नबिल बैंकबाट लिएको१४ करोड ६ लाख तिर्न बाँकी रहेको प्रहरीले बतायो । ठगी आरोपमा उनीमाथि परेको मुद्दामा फैसला गर्दै दुई वर्षको जेल सजायँ तोकेको थियो ।

तस्वीर : नागरिक दैनिक बुधवार, पौष १३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell