Nic Asia
Tata /sipradi
Sarbottam Cement

अर्थ विविध

मलेसिया जाने नेपालीलाई फाइदा, मासिक पाँच हजार थपियो

काठमाडौं, १८ पुस–मलेसियामा कार्यरत नेपालीले अब लेबी तिर्नु नपर्ने भएको छ ।

मलेसियाका प्रधानमन्त्री अहमद जाही हामीदीले कामदारको लेबी रोजगारदाता आफैले तिर्न निर्देशन दिएसँगै त्यहाँ कार्यरत नेपालीहरूले लेबी तिर्न नपर्ने भएको हो ।

यो भन्दा अघि नेपाली कामदारले मासिक पाँच हजार रुपैयाँ मलेसिया सरकारलाई लेबी तिर्दै आएका थिए । यो नियम लागू भएसँगै अब रोजगारदाता कम्पनीहरूले कामदारको तलबबाट लेबी काट्न पाउने छैनन् ।

सरकारले अहिले गरेको निर्णय अनिवार्य रुपमा लागू गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।

यो निर्णय भएसँगै मलेसियामा कार्यरत पाँच लाख नेपालीहरूले राहत महशुश गर्ने छन् । उनले त्यहाँ कार्यरत कामदारहरुलाई कम्पनीहरुले तलब नदिएको, पासपोर्ट जफत गरेर हिँडडुल समेत गर्न नदिएको लगायतका सूचनाहरु समेत आफूसँग रहेकोले यि समस्या समाधानका लागि तत्काल नयाँ नियम बनाउने समेत बताएका छन् । सोमवार, पौष १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell