अर्थ विविध

वल्र्डलिंकको नेटमा छुटैछुट

काठमाडौं १९ पुस –वल्र्डलिंक कम्युनिकेसन्सले नयाँबर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।


यस अफरमा ग्राहकले निशुल्क जडान सुविधापाउने छ साथै निशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी हेर्ने नयाँप्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिना सम्म निशुल्क उपलब्ध गराउने छ ।

आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने छ ।
यो योजनावार्षिक ग्राहकहरुकालागिइन्टरनेट तथाआइपि टि.भी सेवालिँदाउपलब्धहुने छ ।


आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँप्रविधिहो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् ।

आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ ।
वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदानगर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढीग्राहकछन् ।

पुस १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस