shivam
Nerolac and Nepal life

अर्थ विविध

यति ठूलो ढुंगा कसरी अड्कियो हावामा !

अलिक अविश्वसनीय जस्तो लाग्छ, तर एउटा यस्तो पनि ठाउँ छ जहाँ बडेमानको पत्थर हावामा तैरिन्छ । 

भारतको राजस्थानको अजमेरमा सूफी सन्त हजरत ख्वाजा मोइनुद्दीन चिश्तीको दरगाहमा यो चमत्कारी पत्थर रहेको छ । कुनै पनि आधारविना नै पत्थर दुई इन्च माथि तैरिएको छ ।

भारत र विदेशका वैज्ञानिकहरू यो चमत्कारको कारण जान्न चाहन्छन् तर कसैले पनि सफलता हात पारेका छैनन् ।

यो पत्थर अजमेर शरीफ दरगाहको तारागढ पहाडको फेदमा छ । 

पत्थरका सम्बन्धमा एउटा कथा छ । यो विशाल पत्थर कुनै व्यक्तिमाथि खस्न लागेको बेलामा उसले ख्वाजालाई सम्झियो अनि उहाँले पत्थरलाई हावामै अड्काइदिनुभयो । त्यसपछि यो अहिलेसम्म हावामै छ ।

शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota