ntc

अर्थ विविध

यो हो अन्तर्राष्ट्रिय सूचीमा परेको नेपाली होटेल

चितवन, २२ पुस - चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ ।
hotel barahi
अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै नेपालका पाँच बुटिक (साना) होटलको सूचीकरण गरेको छ । चितवनको मेघौलीस्थित चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको होटल बाराही जङ्गल लज पनि पहिलो पटक सूचीकृत रिसोर्टमा परेको छ ।

होटलका प्रबन्ध निर्देशक विप्लव पौडेलका अनुसार होटल निर्माणदेखि सञ्चालन क्रममा समेत प्रकृतिमैत्री बनाइएको छ । मौलिक कलाले सजिएको होटलमा प्लास्टिक प्रयोग गरिँदैन भने बायोग्यास प्लान्टबाट खाना पकाइन्छ । बीस बिघा क्षेत्रफलमा फैलिएको होटल परिसर हरियाली रुखबिरुवाले भरिएको छ । तीमध्ये नौ बिघामा रिसोर्टले जैविक खेती गरेको छ ।

बाराहीबाटै गैंँडालगायत वन्यजन्तु आँखै अगाडि देख्न सकिन्छ । रु ३५ करोडको लागतमा निर्माण गरी सन् २०१४ देखि सञ्चालनमा आएको होटल निर्माणका क्रममा पनि तडकभडकभन्दा प्रकृतिमैत्री सामग्री प्रयोग गरिएको प्रबन्ध निर्देशक पौडेलले बताए ।

होटलमा उच्चस्तरका पर्यटक भित्रिने गरेका छन् । यहाँ आउनेमध्ये नेपाली र भारतीय ३० प्रतिशत तथा अमेरिकी, युरोपेलीलगायत ७० प्रतिशते छन् । रासस शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam