sarbottam and nepal life

अर्थ विविध

सन् २०४० सम्म ५१ हजार मेगावाट विद्युत चाहिने


काठमाडौं, २५ पुस –जल तथा उर्जा आयोगका अनुसार आगामी २०४० सम्ममा विद्युत्को माग ५१ हजार मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।

आयोगले हालको विद्युत् माग, उत्पादन र आपूर्तिलाई हेरेर यस्तो प्रक्षेपण गरेको हो । आयोगका अनुसार हाल १७ सय २१ मेगावाट विध्युतको माग छ ।

विभागका अनुसार २०२० सम्म विद्युत्को माग ७ हजार ८ सय मेगावाट पुग्नेछ । त्यस्तै, २०२५ सम्म विध्युत माग १० हजार ८ सय र २०३० सम्म १८ हजार मेगावाट पुग्नेछ । २०३५ सम्म विध्युत माग २९ हजार पुग्ने विभागको प्रक्षेपण छ । यो मागको अवस्था राष्ट्रिय नीतिले प्रभाव पार्ने विभागको ठहर छ ।

हाल भारतबाट ३४० मेगावाट विद्युत आयत हुँदै आएको छ । देश भित्र भने करिब ९ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell