अर्थ विविध

सन् २०४० सम्म ५१ हजार मेगावाट विद्युत चाहिने


काठमाडौं, २५ पुस –जल तथा उर्जा आयोगका अनुसार आगामी २०४० सम्ममा विद्युत्को माग ५१ हजार मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।

आयोगले हालको विद्युत् माग, उत्पादन र आपूर्तिलाई हेरेर यस्तो प्रक्षेपण गरेको हो । आयोगका अनुसार हाल १७ सय २१ मेगावाट विध्युतको माग छ ।

विभागका अनुसार २०२० सम्म विद्युत्को माग ७ हजार ८ सय मेगावाट पुग्नेछ । त्यस्तै, २०२५ सम्म विध्युत माग १० हजार ८ सय र २०३० सम्म १८ हजार मेगावाट पुग्नेछ । २०३५ सम्म विध्युत माग २९ हजार पुग्ने विभागको प्रक्षेपण छ । यो मागको अवस्था राष्ट्रिय नीतिले प्रभाव पार्ने विभागको ठहर छ ।

हाल भारतबाट ३४० मेगावाट विद्युत आयत हुँदै आएको छ । देश भित्र भने करिब ९ सय मेगावाट विद्युत उत्पादन हुँदै आएको छ । पुस २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस