Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

फोनमा ‘ब्यालेन्स’ सकिए एनटिसीले सापटी दिने !

काठमाडौं, २५ पुस –नेपाल टेकिलमका प्रयोगकर्ताले अब व्यालेन्स सापटीको सुविधा पाउने भएका छन् ।

टेलिकमले आफ्ना प्रयोगकर्ताको सुविधालाई ध्यानमा राखेर व्यालेन्स सापटी लिन पाउने व्यवस्था गर्न लागेको हो ।

आगामी केही समयभित्रै यस्तो सुविधा ल्याउने टेलिकमले जनाएको छ । ‘व्यालेन्स सापटी लिन पाउने व्यवस्था गर्नका लागि तयारी भइरहेको छ,’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले लोकान्तरसँग भनिन् । उनका अनुसार आगामी केही महिनाभित्र टेलिकमका प्रयोगकर्ताले यस्तो सुविधा पाउनेछन् ।

प्रिपेड वा पोष्टपेड कुन सिममा यस्तो सुविधा ल्याउने भन्ने सम्बन्धमा भने ठोस निक्र्योल भइनसकेको टेलिकमले जनाएको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रादायक कम्पनी एनसेलले यसअघि नै यस्तो सुविधा ल्याइसकेको छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing