अर्थ विविध

सुन तस्करीका भरिया पक्राउ परे, खलनायकको खोजी हुँदैछ : प्रहरी महानिरीक्षक

Upendrakanta_aryal_Igpकाठमाडौं २६ पुस - प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलवाट ३३ किलो सुन तस्करी प्रकरणमा हालसम्म भरियामात्र पक्राउ परेको र खलनायक पनि पक्राउ गर्नुपर्ने बताएका छन् । उनले यो तस्करी नियमित रहेको प्रारम्भिक अनुसन्धानले प्रष्ट गरेको उनले बताए ।

मंगलवार संसदको अर्थ समिति बैठकमा प्रहरी महानिरिक्षक अर्यालले सुन तस्करी संगठीत अपराध भएकोले दोषीलाई कानूनी कारवाहीमा ल्याएरै छाड्ने बताएका हुन् । ‘यसको अनुसन्धान प्रहरीले नै गर्न पाउनुपर्छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धान भैरहेको छ’ उनले भने ।

अर्यालले गत आवमा १ अर्व ३८ करोडको राजश्व चुहावटको सामान बरामद भएको बताए । पुस २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस