अर्थ विविध

सुन तस्करलाई हामी छाड्दैनौं : नवराज सिलवाल

nawaraj-silwalकाठमाडौं २६ पुस - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का डिआइजी नवराज सिलवालले विमानस्थलबाट भएको सुन तस्करीमा संलग्नमाथि कार्वाही गर्ने बताएका छन् । व्यबस्थापिका संसदको अर्थ समिति बैठकमा डिआइजी सिलवालले प्रहरीलाई अनुसन्धानमा प्रभावित गर्ने गरिएको बताए ।

‘विमानस्थलको कतिपय स्थानमा प्रहरीलाई समेत प्रवेश दिइदैन’ उनले भने । सिलवालले बिमानस्थलको सुरक्षा प्रणाली सुधार्नुपर्ने बताए । ‘अपराधीहरु प्रविधिको व्यापक प्रयोग गरेका छन्, हामी पनि यसमा परिष्कृत हुनुपर्छ ।’ पुस २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस