sarbottam and nepal life

अर्थ विविध

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

Photo_1पौष २५, काठमाडौं - काठमाडौं महानगरपालिकाले देशकै अग्रणी जिएसएम मोबाईल सेवाप्रदायककम्पनी एनसेललाई गतआर्थिक वर्षमा सबैभन्दा बढि विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ । काठमाडौं महानगरपालिकाकार्यलयले एनसेललाई सोमबार सो सम्मान स्वरुपकदर पत्रप्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीतितथाकार्यक्रम सार्वजनिकीकरण समारोहमासो सम्मानप्रदानगरिएको हो । उक्त समारोहकाप्रमुखअतिथी संघीय मामिलातथा स्थानीयविकास मन्त्रिहितराज पाण्डेले एनसेलकासुरक्षानिर्देशक महेन्द्र भट्टचनलाई सो कदर पत्र हस्तान्तरण गरेका थिए ।

कदर पत्रमा लेखिएअनुसार “काठमाडौं महानगरपालिकाकार्यलयलाई आर्थिक वर्ष २०७२/२०७३ मा विज्ञापन कर तर्फ सबैभन्दा बढि भुक्तानी गरी महानगर निर्माणमा अतुलनिययोगदान गरे बापत”एनसेललाई सम्मानगरिएको हो । महानगरपालिकाकार्यलयकाअनुसार, गतआर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले रु ४ करोड १७लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापन करको १ तिहाई योगदानएनसेलले गरेको थियो ।

निजी क्षेत्रको पहिलो मोबाईल सेवाप्रदायककम्पनीएनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको सम्मानपाईसकेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १ करोड ४३ लाख नेपालीले एनसेलको सेवालिएका छन् । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell