Nic Asia
cocacola

अर्थ विविध

‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत न्यौपानेलाई १० लाख

Lucky Drawकाठमाडौं, २६ असोज- दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार आइएमई सेवाग्राही थानेश्वर न्यौपानेले प्राप्त गरेका छन् ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाएका न्यौपाने सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा भाग्यशाली विजेता घोषित भएका हुन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित घोषणा कार्यक्रममा आइएमईका ब्राण्ड एम्बासडर दीपकराजगिरी लगायत आइएमईकाउच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो । त्यस्तै तेस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही बिमल गौतमले प्राप्त गरे । सफ्टवेयर पद्वतिमाआधारित छनोट कार्यक्रममा युएईस्थित अल–अहलियाबाट नेपालमा पैसा पठाएका गौतमा भाग्यशाली विजेता छनोट भएका हुन् । उनले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

गत भदौ १२ गतेदेखि संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशकालाखौँ सेवाग्राहीसहभागीभई दैनिक ‘लक्कीड्र’बाट करिब २ हजार ७ सय जना आईएमई पे क्यासमार्फत् पुरस्कृत भइसकेका छन् । मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यससेवाग्राहीमूखी कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छानिन्छन् ।
बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti