Nic Asia
cocacola

अर्थ विविध

चालू आवमै गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्न लेखा समितिको निर्देशन

sarjanik-lekha-samiti
काठमाडौं, २६ असोज- व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्षमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले विमानस्थल निर्माणको कामको गति सुस्त भएको भन्दै तोकिएको मितिमा सम्पन्न हुनेगरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सक्न निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
एशीयाली विकास बैंकले पनि आर्थिक सहयोग उपलब्ध गराएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम चालू आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य थियो ।
बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti