अर्थ विविध

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न विकास समितिको निर्देशन

Bikas-Samiti-Meetingकाठमाडौं, २६ असोज- संसदको विकास समितिले राष्ट्रिय प्राथमिकताका आयोजनालाई प्राथमिकताका साथ तिब्र गतिमा निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बिहिबार सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायहरुलाई आयोजनाहरुको कार्यप्रगतिबारे मूल्यांकन गर्दै तिब्र गतिमा तोकिएको अवधिमै काम सम्पन्न गर्न समितिले निर्देशन दिएको हो । समितिले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्दा काम अत्यन्तै सुस्त गतिमा भइरहेको भन्दै आफ्नो जिम्मेवारीका अयोजनालाई गम्भीरताका साथ हेर्न निर्देश गरेको छ ।

काठमाडौं- निजगढ द्रुत मार्ग, ३ वटा अन्र्तराष्ट्रिय विमानस्थलहरु, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर-दक्षिण राजमार्गहरु, अप्टिकल फाईवर विछ्याउने कार्य, ग्रामीण दुर सञ्चार विकास कोषको प्रयोग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तोरन्नतिलगायत महत्वपूर्ण भौतिक पूर्वाधारहरुको निर्माण कार्यको प्रगतिबारे सम्बन्धित निकायका अधिकारीहरु बोलाएर समितले छलफल गरेको थियो ।

छलफलमा उपस्थित सम्बन्धित मन्त्रालयका सचिव, सहसचिव लगायत सम्बन्धित आयोजनामा प्रमुखहरले आयोजनाको कार्यप्रगितिबारे समितिलाई जानकारी गराएका थिए । कार्यप्रगतिबारे आवश्यक जानकारीपछि समितिले पुरानो लामो समयदेखि निर्माणधीन मेचम्ची खानेपानी आयोजनाको डेट अब पनि नसार्न आयोजनालाई निर्देशन दिएको दिएको छ । त्यस्तै एकिकृत सहरी विकाश आयोजनाहरु तथा काठमाडौंलगायत शहरी बस्ती व्यवस्थापन गर्ने सम्बन्धमा स्पष्ट कार्ययोजना तथा मापदण्ड बनाई शिघ्र कार्यान्वयन गर्न गराउन भनेको छ ।

काठमाडौं बस्ती व्यवस्थापनका लागि विकास गरिने भनिएको ४ वटा स्याटेलाईट सिटीहरुको आधारभूत कार्य (जग्गा प्राप्ती, नक्शांकन तथा उपलव्ध गराउनु पर्ने सेवा सुबिधाहरुसहितको पिडिए तथा डिपिआर) १ वर्षभित्र अनिवार्य रुपमा तयार गरी कार्यान्वयनमा लैजान समिति शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस