Nic Asia
Sarbottam Cement

अर्थ विविध

इतिहासमा महिलामाथि भएका १२ भयावह यातना जुन सुन्दा आङै सिरिङ्ग हुन्छ

 

काठमाडौं— इतिहासमा पुरुषहरूले महिलामाथि नियन्त्रण जमाउनका लागि गरेको यातनाका बारेमा पढ्दा पनि आङ सिरिङ्ग भएर आउँछ । यौनिकतालाई दमन गर्न, महिलालाई चुप लगाउन तथा सौन्दर्यका मापदण्डमा खरो उतार्नका लागि महिलाहरूलाई यातना दिने गरिएको थियो, जुन आज पर्यन्त कतिपय ठाउँमा छँदैछ ।

सबभन्दा बढी त महिलालाई पुरुषको दासी बनाउनका लागि नै यातना दिइने गरिएको इतिहासको अध्ययनबाट थाहा लाग्छ । आधुनिक युगमा गुप्तांगलाई बिगार्ने लगायतका कैयौं यातनाका प्रकारलाई प्रतिबन्ध लगाइएको छ यद्यपि केही क्रूर सजाय अहिले पनि अभ्यास गरिन्छ ।

स्पेनी गधा कटाई1

यो यातनामा यस्तो औजारमा राखेर महिलाको योनिलाई बिस्तारै रेटेर दुई टुक्रा पारिन्छ । विशेषगरी मध्ययुगमा यो प्रचलनमा थियो । धारिलो पदार्थले महिलाको गुप्तांग चिरिन्थ्यो । मध्ययुगमा बोक्सीकर्मको आरोप लागेका महिलाहरूलाई यो यातना दिइन्थ्यो र सोक्रममा कतिको ज्यान समेत जान्थ्यो ।

खुट्टा खुम्च्याउने2

चीनमा महिलाको पाइताला खुम्च्याउन बाध्य पारिने काम हजारौं वर्षदेखि चलेको रीत थियो । महिलाको सानो पाइताला हुनुपर्छ भन्ने सौन्दर्य परिभाषाका कारण धनी चिनियाँहरू आफ्ना छोरीलाई साँघुरो जुत्ता लगाउन लगाउँथे । अझ औंला भाँचिदिएर रेशमको कपडाले पाइताला कसिन्थ्यो । तीन इन्चको पाइतालालाई आदर्श मानिने सो समयमा सोही कारण महिलाहरू जिन्दगीभरका लागि अपांग हुन्थे ।

योनिच्छेद3

महिलाको योनिभागमा रहेको क्लिोटोरिस (भङ्गाकुर) काटिदिने यातना त अहिले पनि प्रचलनमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार योनिच्छेद गरिएका महिलाको संख्या आजपनि २० करोडभन्दा बढी छ । महिलाले यौनको आनन्द कममात्र लिन पाऊन् भनेर यसो गर्ने गरिन्छ । यो प्रचलन कतिपय अफ्रिकाली मुलुकहरूमा रहेको छ ।

अविवाहित महिलाको स्तन काट्ने काम

4स्तन काट्ने औजारले महिलालाई असह्य पीडा दिन्थ्यो । दुईवटा ठूला चुच्चा सुईराले महिलाको स्तनलाई च्वाट्टै छिनाउँथ्यो । अझ, कहिलेकाहीँ त सुईराहरू तताउने पनि गरिन्थ्यो । अविवाहित भइकन पनि आमा भएका र परपुरुषसँग सम्बन्ध राखेको आरोप लागेका महिलालाई यो सजाय दिइन्थ्यो । यसलाई मध्ययुगका बेलामा बन्द गरिएको भएपनि हाल आतंकवादी संगठन आइएसले सार्वजनिक स्थानमा स्तनपान गराउने सिरियाली महिलालाई सजाय दिन यसको प्रयोग गरेको भेटिन्छ ।

फलामे मुकुण्डो

5किचकिच गर्ने श्रीमतीलाई चुप लगाउनका लागि मध्ययुगमा पुरुषहरूले फलामे मुकुण्डो लगाइदिने गर्थे । कुरा काट्ने र धेरै गुनासो गर्ने महिलालाई यो मुकुण्डो लगाइन्थ्यो अनि जिभ्रोमाथि चुच्चो फलाम पनि हालिन्थ्यो । यो लगाएपछि बोल्दा असह्य पीडा हुन्थ्यो महिलालाई । अनि यो मुकुण्डो लगाएर बजार घुमाइन्थ्यो र भीडले महिलालाई सराप्थे अनि थुक्थे ।

आराले चिर्ने

6मध्ययुगमा महिलालाई दुईजना मिलेर आराले चिर्ने यातना पनि दिइन्थ्यो । विशेषगरी बोक्सी, परपुरुषसँगको सम्बन्ध वा ईश्वरनिन्दाको आरोप लागेका महिलालाई उल्टो झुण्ड्याएर खुट्टो फट्याएर आराले चिरिन्थ्यो । घन्टौं लगाएर यसरी शरीर चिरिन्थ्यो । कहिलेकाहीँ शरीर दुई टुक्रा पारिन्थ्यो भने कहिलेकाहीँ पेटनिर लगेर छोडिन्थ्यो जसका कारण असह्य पीडा हुन पुग्थ्यो ।

‘नास्पाती यन्त्र’को यातना7

नास्पातीजस्तो देखिने यो यातनायन्त्रलाई ‘उत्तोलक’ घुमाएर खोल्न मिल्थ्यो । बोक्सीकर्ममा लागेका तथा गर्भपतन गरेको आरोप लागेका महिलाको योनिमा यो यन्त्र घुसाएर विस्तारै खोलिन्थ्यो जसका कारण महिलाको जननेन्द्रियहरू टुक्राटुक्रा हुन्थे । समलिंगीको आरोप लागेका व्यक्तिमाथि पनि यो यन्त्र प्रयोग हुन्थ्यो । शैतानको पूजा गर्ने आरोप लागेका मानिसको मुखमा यो यन्त्र घुसाएर बङ्गारा भाँच्ने समेत गरिन्थ्यो ।

भुसमा जलाएर मार्ने8

बोक्सीकर्म, देशद्रोह र शैतानपूजाको आरोप लागेका महिलालाई एउटा कीलोमा बाँधेर वरिपरि भुस ओछ्याउँदै त्यसमा आगो लगाएर बिस्तारै जलाएर मार्ने प्रचलन पनि मध्ययुगमा प्रचलित थियो । धुँवाले निस्सासिएर मर्ने पीडित बरू भाग्यमानी मानिन्थिन्, नभए त आगोले जिउ डढाएर बोसो पगाल्न थाल्दा उनीहरूलाई असह्य पीडा हुन्थ्यो ।

पवित्रता पेटीको यातना

9पवित्रता पेटी लगाउँदा बालिका र महिलालाई साह्रै गाह्रो हुन्थ्यो । विशेषगरी बलात्कारबाट बच्नका लागि महिलालाई पिता वा श्रीमानले यो लगाउन लगाउँथे । यसले यौनकर्म रोक्ने मात्र नभई महिलालाई हस्तमैथुन गर्नबाट समेत रोक्थ्यो । दोस्रो व्यक्तिले मात्र खोल्न मिल्ने यो पेटीमा बाहिरपट्टि धारिलो फलाम राखिएको हुन्थ्यो र यो लगाएकी महिलासँग यौन गर्न खोज्ने मूर्ख पुरुषको लिंग दुई टुक्रा हुन पुग्थ्यो ।

ढुंगा हान्ने10

टाउकोमा लगातार ढुंगा हानेर मार्ने यातना अहिले पनि अभ्यासमा छ । इरानमा सन् १९८० को इस्लामिक क्रान्तिपछि विवाहेतर सम्बन्धको आरोप लागेका महिलालाई ढुंगाले हानेर मार्ने सजाय दिने गरिएको छ । कहिलेकाहीँ परिवारको इज्जत जोगाउनका लागि भन्दै आफ्नै मान्छेले महिलालाई ढुंगाले हानेर मार्ने गरेका छन् । महिलालाई घाँटीसम्म जमिनमा गाडेर जमिनमाथि रहेको टाउकोमा लगातार ढुंगा हानेर मार्ने सजाय हो यो ।

यौन यातना तथा बलात्कार

11बलात्कारलाई यातनाको एक हतियारका रूपमा पहिलेदेखि नै प्रयोग गर्दै आइएको छ । जापानीहरूले चीनको नानकिङ नरसंहारका बेलामा हजारौं महिलालाई बलात्कार गरेर हत्या गरेका थिए । कहिलेकाहीँ साबिती बयान लिनका लागि पनि महिला बन्दीहरूमाथि बलात्कार गर्ने गरिएको छ । आतंकवादी संगठन आइएसले महिलालाई यातना दिनका लागि बलात्कारको प्रयोग गर्ने गरेको छ । छिमेकी मुलुक भारत बेलाबखत बलात्कारजन्य अपराधकै कारण विश्वमा कुख्यात दर्ज भएको छ ।

sati

सतीप्रथा

सतिप्रथा खासगरी दक्षिण एशियाको हिन्दु समाजमा १९ औँ शताव्दीसम्म प्रचलनमा रहेको पिडक प्रथा हो । यसमा लोग्ने मरेकी स्त्री आफ्नो खुशीले अथवा परिवारको दबाबकै कारण मरेको लाग्नेसँगै जिउँदो जलाइन्थिन् । दशौं शताव्दीमा भारतीय महाद्विपमा यो प्रथाले उचाई प्राप्त गरेको हो । नेपालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशम्सेर राणाले आधिकारिक रुपमा बि.सं.१९७७ सालमा यो कुसंस्कारलाई हटाउन लगाएका थिए ।

(-यांकरको सहयोगमा लोकान्तर)

बिहिवार, चैत्र ३१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell