Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

आइएमएस मोटरको नयाँ एक्स्क्लुजिभ शोरुमको उद्घाटन

काठमाडौं, ३ पुस - मोबाइल सेग्मेन्टमा नेपालकै नं. १ कम्पनी आइएमएस ग्रुपले आइएमएस मोटर्स् मार्फत कोरियाको प्रिमियम लक्जरी SUV उत्पादनगर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको विक्रीवितरण प्रारम्भ गरेलगत्तै गत १८ डिसेम्बर माअबआइएमएस मोटर्स् एक्स्क्लुजिभशोरुम – साङयङको उद्घाटन गरिएको छ ।


काठमाडौंको नक्सालमा (प्रहरी हेडक्वार्टर अगाडि) साङयङ शोरुममा खोलिएको छ । शोरुमको उद्घाटन भने नेपालकालागि रिपब्लिक अफ कोरियाका राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि चो यंग–जिनज्यूले गरेका थिए । आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथासिइओ दिकेश मल्होत्राले उनको साथ दिएका थिए ।

उक्तकार्यक्रममा मिडियाक्षेत्रका साथीहरु तथा चर्चित व्यवसायिक घरानाहरुका हाइ–प्रोफाइल अतिथिहरुका साथै सेलिब्रिटीहरुको पनि भारी सहभागिता थियो ।

उक्त शोरुमको उद्घाटनको खुशीयालीसँगै आउँदो क्रिश्मस तथा नयाँवर्ष २०१७को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुका लागि आइएमएस मोटर्स् मार्फत साङयङका गाडीहरुका खरिदमा ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्तअफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्मलागू हुने कम्पनीले जनाएको छ ।

आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेश सहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पु¥याउन उन्नत तालीम प्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ ।

यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर झनै विस्तारित हुने योजना बनाएको छ ।

साथै, निकट भविष्यमाकम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको सुरुवातगर्ने समेत निश्चय गरेको छ ।
साङयङ मोटर कम्पनीचौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटो मोबाइल उत्पादक कम्पनीहो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथा बसहरु प्रस्तुत गर्दै आएको छ । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing