Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

नेपाल आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं, ३ पुस – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । आइतबार मध्यराती १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलको भाउ बढाइएको नेपाल आयल निगमका प्रवक्ता भानु खनालले जानकारी दिए । nepal-oil-corp
उनका अनुसार पेट्रोलको भाउ ४ रुपैयाँ ५० पैसा बढाएर १ सय १ रुपैयाँ ५० पैसा बनाइएको छ । यस्तै पेट्रोल र डिजेलको पनि समान ४ रुपयाँ ५० पैसा बढाएर ७७ रुपैयाँ ५० पैसा पारिएको छ । यसअघि पेट्रोलको भाउ प्रतिलिटर ९७ र डिजेल र मट्टितेलको भाउ ७३ रुपयाँ थियो ।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छैन ।
भारतीय आयल कर्पोरेसनले मुल्य बढाएकाले नेपालमा पनि स्वत: मूल्य बढेको निगमले बताएको छ । आइतवार, पौष ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing