ntc

अर्थ विविध

छोरीको विवाहमा खर्च हुने पैसाले ९० वटा घर

तपाईंले विवाहमा लाखौं रकम फजुलमा खर्च गरेको देख्नु भएको होला । दाइजोका नाममा समेत लाखौं रुपैया खर्च गर्न केटीका घर परिवार बाध्य भएका घटना सार्वजनिक हुने गरेका छन् ।
तर भारत महाराष्ट्रका एक व्यापारी मनोज मुनोतले आफ्नी छोरीको विवाहमा लाखौं करोडौंको फजुल खर्च गर्नुको साटो गरिबलाई सहयोग गरेका छन् । उनले गरीबलाई घर बनाई दिएका छन् त्यो पनि एउटा होइन ९० वटा ।


व्यापारि मनोज मुनोतले आफ्नी छोरी श्रेयाको विवाहमा लाखौं करोडौं रुपैया फजुलमा खर्च गर्नुको साटो गरीबलाई वितरण गरेका हुन् । उनको यस्तो कामको सबैतिर प्रशंसा भएको छ । ती घर उनले आफ्नै दुई एकड जमिनमा बनाएका हुन् । बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam