sarbottam and nepal life

अर्थ विविध

अब चन्द्रागिरी केबलकार ३५० मै चढ्न सकिने

काठमाडौं, पुस ५– हालैमात्रै उद्घाटन भएको चन्द्रागिरी हिल्स प्राइभेट लिमिटेडले केबलकारको टिकटमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले पुस ४ गतेदेखि १४ गतेसम्म ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । छुटअनुसार अब रु साढे तीन सयमै चढ्न सकिनेछ ।

यो छुट शुक्रबार, शनिबार र आइतबार भने उपभोग गर्न पाइने छैन । यस्तै कम्पनीले खाद्य तथा पेय पदार्थमा पनि १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell