Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

पेट्रोलियमको मूल्यवृद्धिपछि निगमलाई दैनिक ५० लाख नाफा

काठमाडौं, ४ मंसिर –सोमबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएपछि नेपाल आयल निगमको नाफा बढेको छ ।

पेट्रोलियम पदार्थ आपूर्तिमा एकलौटी अधिकारप्राप्त निगमले पेट्रोल, डिजेल र मट्टीतेल प्रत्येकमा प्रतिलिटर ४ रुपैयाँ ५० भाउ बढाएको थियो । निगमले मूल्य बढाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय १ रुपैयाँ ५० पैैसा, डिजेल र मट्टीतेलको ७७ रुपैयाँ पुगेको छ ।

मूल्य बढेपछि मासिक १४ करोड नाफा हुने

निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै अब निगमको मासिक नाफा मासिक १४ करोड रुपैयाँ पुग्नेछ । ‘नयाँ मूल्य कायम भएपछि मासिक करीव १४ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण छ,’ निगमका प्रवक्ता भानु खनालले लोकान्तरसँग भने । मासिक उक्त नाफा हिसाव गर्दा दैनिक करीव ५० लाख रुपैयाँ पुग्छ । ‘पछिल्लो समय निगमको नाफा घटेको छ,’ प्रवक्ता खनालले भने । नयाँ मूल्यसूची कायम भएपछि निगमको नाफा ह्वात्तै बढ्नेछ ।

किन बढ्यो मूल्य ?
हाल अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म प्रतिव्यारेल ४० दशमलवल २८ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियमको मूल्य हाल बढेर झण्डै ५० अमेरिकी डलर पुगेको छ ।

‘निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली अपनाएको छ,,’ प्रवक्ता खनालले भने, ‘जसअनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा निगमले पनि घटाउने र बढ्दा बढाउने गर्छ ।’ निगमले करीव दुई वर्षअघि पेट्रोलियममा स्वचालित मूल्य प्रणाली अपनाएको थियो ।

भारतमा भन्दा नेपालमा डिजेल २० रुपैयाँ र पेट्रोल १४ रुपैयाँ सस्तो
निगमका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो छ । भारतमा भन्दा नेपालमा डिजेलको मूल्य प्रतिलिटर २० रुपैयाँ ५२ पैसा र पेट्रोलको मूल्य प्रतिलिटर १४ रुपैयाँ २५ पैसा छ ।

पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा सस्तो हुँदा नेपाल आएको पेट्रोलियम उतै फर्केको भन्दै केही समयअघिसम्म निगमको टाउको दुखाईको विषय बन्दै आएको थियो ।

कति थियो पेट्रोलियमको नाफा/घाटा 
निगमका अनुसार मूल्य समायोजन गर्नुअघिसम्म प्रतिलिटर डिजेलमा ४ रुपैयाँ घाटा थियो । पेट्रोलमा भने निगमले प्रतिलिटर ३ रुपैयाँ ४६ पैसा नाफा कमाउँदै आएको थियो । त्यस्तै मट्टीतेलमा भने प्रतिलिटर १९ रुपैयाँ नाफा हुँदै आएको थियो ।

यसअघि नै पेट्रोलियमको मूल्य बढाउने सोच रहेपनि चाडवाडका कारण उपभोक्तालाई मार पर्ने भन्दै निगमले मूल्य बढाएको थिएन ।

ग्यासमा घाटा

अहिले खाना पकाउने एलपी ग्यासको मूल्य नबढे पनि आगामी दिनमा मूल्य बढाउने सोच भने निगममा देखिएको छ । हाल निगमलाई प्रतिसिलिण्डर ग्यासमा ८१ रुपैयाँ घाटा छ । मंगलवार, पौष ५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing