Ruslan
Tata /sipradi
Nic Asia

बैंक / सेयर

प्रभु लक्की सेभेनबाट दुई जनालाई बाइक उपहार

 

काठमाडौं, २ मंसिर – प्रभु मनिट्रान्सफरले प्रभु लक्की सेभेन नामक उपहार कार्यक्रमबाट दुई जना ग्राहकलाई मोटर साईकल प्रदान गरेको छ । असोज १ गते देखि कात्तिक २० गते सम्म संचालन गरिएको उक्त उपहार कार्यक्रममा रिचार्च कार्ड देखि मोटर साइकल सम्मका उपचार प्रदान गरिएको थियो । ३ सय ६४ जना ग्राहकलाई विभिन्न उपहारहरू प्रदान गरिएको हो ।

कात्तिक २३ गते प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामाले लक्की ड्रार्फत उपहारप्रदान गरेकी हुन् ।
हथलेटेवा धनुषाका छेदी मण्डलले कतारबाट पठाएको रकमको ड्र नम्बरमा मोटर साइकल पाएका छन् । उनले बजार मुल्य एक लाख ८४ हजार भएको यमहाको स्यालुटो मोटरसाइकल पाएका छन् ।
त्यस्तै हालपुर ५ दाङकी दिपा सेनलाई श्रीमानले पठाएको पैसा सहित मोटरसाइकल उपहार प्राप्त भएको छ । उनका श्रीमान्ले साथी मार्फत विदेशबाट पैसा पठाएका थिए ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon