Nic Asia
cocacola

बैंक / सेयर

मार्तडीमा पहिलो निजी वाणिज्य बैंक


काठमाडौं, २५ साउन - एन आई सी एशिया बैंक लिमिटेडले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पु¥याएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा एन आई सी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । एन आई सी एशिया बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ । यस अघि ई.सं ६ जुलाई, २०१७ मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन सम्पन्न भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोली रु ९ लाख ५० हजार निक्षेप संकलन गरेको थियो । सोहि दिनमा नै उल्लेख्य संख्यामा उपस्थित स्थानीय व्यक्तिहरुले शाखामा उपस्थित भई बैंकले देशको दुर्गम भेगमा समेत शाखा कार्यालय खोलेकोमा खुशी प्रकट गर्नुभएको थियो । उक्त शाखामा ई.सं. ६ अगष्ठ २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट रु १५,५०९,००० अक्षरुपी (एक करोड पच्पन्न लाख नौ हजार मात्र) निक्षेप संकलन भैसकेको छ ।

बैंकले शाखा विस्तार मार्फत सर्वसाधारणहरुको विच वित्तीय पहुँच विस्तार गरेकोमा स्थानीयवासीहरु निकै हर्षित भएका छन् । प्रायः बैंक तथा वित्तिय संस्थाहरु शाखा खोल्न ईच्छुक नहुने भौगोलिक हिसाबले अत्यन्त विकट वाजुरा जिल्लामा समेत बैंकिङ्ग पहुँच बाहिर रहेका सर्वसाधारणमाझ बैंकिङ्ग पहुँच अभिबृद्धि गर्न एन आई सी एशिया बैंकको उपस्थितिले सहजता प्रदान गरेको छ ।

औपचारिक हस्ताक्षर कार्यक्रमका प्रमुख अतिथि श्री नारायण प्रसाद पौडेलज्यूले देशको एकदमै विकट जिल्लामा निजी लगानीमा स्थापित बैंकहरु मध्ये पहिलो वाणिज्य बैंकको स्थापना भई बैंकिङ्ग पहुँच नभएको ठाउँमा बैंकिङ्ग सेवा पु¥याएकोमा हर्ष व्यक्त गर्नु भयो । उहाँले यस्ता सहकार्य सरकारको प्राथमिकता भित्र पर्ने र यस साझेदारीबाट मार्तडीको ग्रामिण भेगका बासिन्दा लगायत आसपास क्षेत्रका बासिन्दाहरु समेत बैंकिङ्ग सेवाबाट लाभान्वित हुने विश्वास प्रकट गर्नु भयो ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको बैंक पनि साथी पनि भन्ने नारा अझ जनप्रिय बन्ने छ । यस बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेछ । ई.सं २०२० सम्ममा वित्तीय सबलीकरणलाई थप मजबुत पार्ने उद्देश्य सहित ३०० भन्दा बढी शाखा, १००० भन्दा बढी एटिएम र १,००० भन्दा बढी शाखा रहित बैंकिङ्ग सेवा जस्ता योजना रहेको जानकारी दिँदै मार्तडी शाखा तथा शाखारहित बैंकिङ्ग सेवाबाट आधुनिक बैंकिङ्ग सेवाहरु विस्तार गर्ने तथा विभिन्न व्यवसायिक कृषी, लघुउद्यम, कृषी औजार, विपन्न वर्ग तथा साना व्यापार कर्जा उपलब्ध गराउने जानकारी समेत दिनुभयो ।

उक्त कार्यक्रममा सक्षमका नेपाल प्रमुख श्री बलजित वोहराज्यूले, सक्षमले नेपालको हरेक ग्रामीण क्षेत्रमा औपचारिक वित्तीय पहुँच पु¥याउँन चाहेको जानकारी दिनुभयो । यो लक्ष्य हासिल गर्न, सक्षमले हरेक वर्ष विभिन्न वाणिज्य बैंकहरु तथा लघुवित्त कम्पनीसंगको सहकार्य मार्फत बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गरी नयाँ तथा आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै मध्य पश्चिम र सुदुर पश्चिमका सर्वसाधारण जनताहरुलाई सेवा पु¥याई रहेको जानकारी दिनु भयो । साथै उहाँले यस एन आई सी एशिया बैंकको सहकार्यबाट बाजुरा जिल्लामा प्रथम निजी बाणिज्य बैंकको स्थापना भएकोमा गौरव महसुश गरेको तथा बैंकले थप गर्ने शाखारहित बैंकिङ्ग सेवा मार्फत करिब ४,००० जना सर्वसाधारणहरु बैंकिङ्ग सेवा बाट लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो ।

चुक्ता पूँजी, वासलातको आकार, ग्राहक संख्या, शाखाको संख्या र ए टि एम नेटवर्कको आधारमा एन आई सी एशिया बैंक नेपालको उत्कृष्ट वाणिज्य बैंकहरु मध्येको एक हो । हाल सम्म देशका विभिन्न स्थानहरुमा गरी यस बैंकको ११९ शाखा कार्यालयहरु, ७८ ए टी एम मेसिनहरु तथा ४ वटा बिस्तारित एक्सटेन्सन काउन्टरहरु संचालनमा रहेका छन् ।

यस बैंकको नीति हरेक उपयुक्त बजारमा आफ्नो सेवा विस्तार गरी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्नु हो । उक्त नीति अनुरुप बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप शाखा संचालन गर्नेे रहेको छ ।

सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका तथा अन्तराष्ट्रिय संघसंस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्यहरु गरिरहेको छ । बुधवार, श्रावण २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti