बैंक / सेयर

ठमेलमा ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा


काठमाडौं, २६ साउन- ग्लोबल आइएमई बैंकले काठमाण्डौँको पर्यटकिय नगरी ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएमबाट बाट आफ्नो एटिएम सेवा सुरु गरेको हो ।

नयाँ एटिएमसेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ११२ वटा शाखा ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ११६ वटा एटिएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ७ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
साउन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस