shivam
Nerolac and Nepal life

बैंक / सेयर

एनआईसी एशिया बैंकले लाभांस वितरण गर्ने


काठमाडौं, २७ साउन-एन आई सी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांस वितरण गर्ने भएको छ ।

वैंकको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई लाभांस वितरण गर्न लागेको वैंकका सहायक कार्यकारी अधिकृत एवं सूचना अधिकारी रोशन कुमार न्यौपानेले बताए ।

बैंकले चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिए । शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota