बैंक / सेयर

साताको अन्तिम दिन नेप्से ३ दशमलव ३६ अंक बृद्धि

काठमाडौं, २५ असोज- साताको अन्तिम सेयर बजार परिसूचक ३ दशमलव ३६ अंकले बढेको छ । दशैं सकिए पछिको पहिलो दिन कारोबार केही बढेको भए पनि त्यसपछि लगातार आरोला लागेको नेप्से बिहबिार बढेको हो । नेपाली राजनीतिमा देखिएको परिवर्तनले दशैंपछिको दोस्रो दिन १३ अंकले बजार ओरालो लागेको थियो ।

यसअघि बुधबार ० दशमलव ५ अंकले उकालो लागेको बजार बिहिबार ० दशमलव २२ प्रतिशतले बढ्दा ३२ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । बैंक, फाइनान्स र उत्पादन मुलक उपसूचक ओरालो लागेका छन् भने अन्य सबै सूचक उकालो लागेका छन् । बीमा उपसुचक सबै भन्दा धेरै ६० दशमलव ०८ अंकले बढंदा चार करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। आज सबै भन्दा धेरै कारोबार चिलिमे हाइड्रोपावर कम्पनीको तीन करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

सबै भन्दा धेरै सिर्जना फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७ दशमलव ८५ प्रतिशत कमाएका छन् भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव ८८ प्रतिशतले घटेको छ । असोज २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस