Nic Asia
cocacola

बैंक / सेयर

केही मानिस जे गरे नि मोटाउँदैनन्, कारण यस्तो

काठमाडौं, २६ असोज — तपाईं सुईखुट्टे हुनुहुन्छ र अनेक कोशिशका बाबजुद तपाईंको तौल बढेको छैन भने तपाईंको अस्वस्थकर दिनचर्या वा कुनै स्वास्थ्यसम्बन्धी समस्या यसका लागि जिम्मेवार हुनुपर्छ ।


भारतको नयाँ दिल्लीस्थित पोषणविद् डा सुनिता चौधरीका अनुसार, तौल नबढ्नुमा विभिन्न कुराहरू जिम्मेवार हुन्छन् । तौल बढाउनका लागि यहाँ केही सजिला टिप्स दिइएको छ ।

इरिटेबल बाउल सिन्ड्रोम जस्ता पेटको समस्या भएका मानिसको शरीरमा पोषक तत्त्व सोसिन पाउँदैनन् । त्यसले गर्दा तौल बढ्न पाउँदैन ।

आहारमा भिटामिन, मिनरल, आइरन र फ्याट जस्ता पोषक तत्त्वहरू भएनन् भने पनि तौल बढ्दैन ।

बलियो मेटाबोलिजम भयो भने पनि तौल बढ्दैन । कडा मेटाबोलिजम भएका मानिसले जे खाए पनि छिट्टो पच्छ ।

चाहिनेभन्दा बढी व्यायाम गरियो भने पनि तौल बढ्न पाउँदैन । धेर व्यायाम गर्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्दैन । विज्ञसँग सल्लाह लिएर मात्र व्यायाम तालिका बनाउनुस् ।

कम सुत्ने मानिसको पनि तौल बढ्दैन । मज्जाले सुत्दाखेरी शरीरमा कार्टिसोल हार्मोन बन्छ जसले मसल बनाउन मद्दत गर्छ । त्यसैले पर्याप्त सुत्नुस् ।

तनाव लिनुभयो भने पनि तौल बढ्दैन । तनाव हुँदा भोक लाग्दैन र रुटिन गडबड हुन्छ । यसो हुँदा शरीरको हर्मोन सन्तुलन बिग्रन्छ । अनि तौल बढ्न पाउँदैन ।

शरीरको आवश्यकताअनुसार खाना खानुभएन भने पनि तौल बढ्दैन ।

आहारमा सबै किसिमका खानेकुरा खानुस् । भरपूर कार्बोहाइड्रेट्स, प्रोटीन र फ्याट लिनुभयो भने तौल बढ्छ ।

दिनमा अलिअलि गरी चारपाँचचोटि स्वस्थ खानेकुरा खानुस् । जति क्यालोरी दिनमा खर्च हुन्छ त्यसभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुस् । तौल बढ्न थाल्छ ।

एजेन्सी

बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti