बैंक / सेयर

ग्लोबल आइएमईलाई ‘बेष्ट इन्टरनेट बैंक —नेपाल २०१६’ अवार्ड

काठमाडौं, ३ पुस

ग्लोबल आइएमई बैंकले ‘बेष्ट इन्टरनेट बैंक –नेपाल २०१६’ अवार्ड जित्न सफल भएको छ । लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन ‘इन्टरनेशनल फाइनान्स म्यागजिन’ ले बैंकलाई उक्त अवार्डले सम्मानित गरेको हो ।

सिगांपुरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल ज्ञावलीले उक्त अवार्ड ग्रहण गरेका थिए ।

गुणस्तरीय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा बैंकलाई उक्त सम्मानद्धारा सम्मानित गरिएको म्याग्जिनले जनाएको छ ।

ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहक माझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर सञ्चालन गर्दै आएको छ ।

८२ अर्व रुपैयाँ निक्षेप, ६९ अर्व रुपैयाँ कर्जा लगानी रहेको बैंकले हालसम्म ९१ वटा शाखा, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १सय ३ एटिएम र ६ वटा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ ।

त्यस्तै, बैंकको भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ सेवा तथा एउटा सिडिएस काउण्टर रहेका छन् । बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवामार्फत अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
८८८८८
पुस ३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस