Nic Asia
cocacola

विश्व/प्रवास

फ्रान्सेली संसदीय चुनावमा राष्ट्रपति म्याक्रोंको दललाई सुविधाजनक बहुमत

काठमाडौं, ५ असार — संसदीय चुनावमा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले प्रस्ट बहुमत हासिल गरेको मतपरिणामहरूले देखाएका छन् ।


आइतवार भएको दोस्रो चरणको मतदानमा म्याक्रोंको ला रिपब्लिक एन मार्चे र उसको साझेदार मोडेम दलले ५७७ सीट भएको नेसनल एसेम्ब्लीमा ३०० भन्दा बढी सीट जितेका छन् ।

म्याक्रोंको दल एक वर्षअघि मात्र गठन भएको थियो र दलका उम्मेदवारहरूसँग खासै राजनीतिक अनुभव छैन ।

यो परिणामले सबै मूलधारे दललाई पन्छाइदिएको छ र ३९ वर्षीय राष्ट्रपतिलाई आफ्नो एजेन्डा कार्यान्वयन गर्न संसदमा बलियो कार्यादेश दिएको छ ।

संसदीय चुनावको दोस्रो चरणमा कम मत खसेको थियो । जम्मा ४२ प्रतिशत मतदाता आएका थिए ।

म्याक्रोंका विपक्षीहरू मत दिन नै नआएको पत्रकारहरूले बताएका छन् ।

प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले कम मतदाता आएको स्वीकार्दै आफ्नो दलले पूरै फ्रान्सका लागि काम गर्ने बताए ।

बीबीसीबाट





सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार