shivam
Nerolac and Nepal life

विश्व/प्रवास

बेलायतमा नेपालीले नेपालीलाई नेपाली भाषा सिकाउन थालेको ३ वर्ष पूरा


बेलायत, ६ असार -

बेलायतको स्कट्ल्याण्ड एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपाली बालबालीकाहरुलाई लक्षित गरी नेपाली भाषा पठनपाठन कक्षा संचालन गरेको आज तीन ३ वर्ष पुरा भएको छ ।
सोही अवसरमा एउटा बिशेष कार्यक्रमको आयोजना गरी संस्थाले नेपाली भाषा कक्षालाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा बिगत ३ बर्ष देखी सन्चालन गरिदै आएको छ ।

एसोसिएशनले नेपाली अभिभावकहरुकै सहयोग लिएर स्वयमसेवक शिक्षकहरु मार्फत कक्षा सन्चालन गरिरहेको संस्थाका अध्यक्ष मीन भट्टले जानकारी गराउनु भयो ।

एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलमा औपचारिक कार्यक्रमसहित ३ बर्ष अघि सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालीकाहरुको उल्लेख्य सहभागिता रहेको छ ।

नेपाली भाषा कक्षाका संयोजक प्रकाश जिसिले बालबालिकाहरु नेपाली भाषा प्रस्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै हिजोआज झनै प्रभाबकारी भइरहेको बताउनु भयो ।

नेपाली भाषा कक्षामा ३ देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी पठन पाठन हुँदै आएको छ । नेपाली भाषा, कला, संस्कृती, साहित्य र नेपाली पहिचान संबन्धी ज्ञान लिन बालबालिकाहरु पनि उत्सुक देखिएका छन् ।


नेपाली भाषा कक्षा अध्यापनको लागि नेपालमा रहॅदा शिक्षण पेसामा लागेर अनुभब हासिल गरेका ब्यक्तीहरुको संलग्नता रहदै आएको छ । प्रकाश जिसिको संयोजकत्वमा मिन भट्ट, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, बिजय सिग्देल्, सागर सिम्खडा, पत्रकार शिव तिवारी लगायत आबद्द हुनुहुन्छ ।

प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालन ल्याएको भए पनि भर्खरै ‘द नेसनल लोटरि’ नामक संस्थाद्वारा बर्ष २०१७ र २०१८ को लागी झन्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको भन्दै खुशी ब्यक्त गर्नु भयो ।

उहाँले प्राप्त रकम प्रभाबकारी योजना सहित बालबालिकाहरुको बृहत्तर बिकाशमा खर्च गरिने बताउनु भयो । स्कटलैण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपत पर्दा समेत सहयोग गर्दै आएको छ ।

स्मरण रहोस्, पछिल्लो पल्ट नेपालमा गएको महाभुकम्पको बेला संस्थाले स्थानिय नेपालीहरुबाट संकलन गरी प्रधानमन्त्री राहत कोषमा नेपाली २६ लाख भन्दा बढी रकम पठाएर सहयोग गरेको थियो । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota