Nic Asia
cocacola

विश्व/प्रवास

उत्तर कोरियाको बम हामीकहाँ आइपुग्दैन : ट्रम्प

काठमाडौं, १९ पुस — उत्तर कोरियाले प्रहार गरेको आणविक बम अमेरिकामा कहिल्यै आइनपुग्ने डोनाल्ड ट्रम्पले बताएका छन् । आफूले अमेरिकासम्म मार हान्न सक्ने अन्तर्महाद्वीपीय क्षेप्यास्त्र बनाएको उत्तर कोरियाले दाबी गरेको भोलिपल्ट ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।


अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा आफ्नो प्रशासनको धारणा कस्तो बन्ला भनी केही बताएका छैनन् । चीनले उत्तर कोरियालाई लगाम कस्न नसकेको आरोप लगाउँदै ट्रम्पले फेरि चीनलाई व्यंग्य गरेका छन् ।

‘उत्तर कोरियाले अमेरिकाका केही भागसम्म पुग्ने आणविक हतियार निर्माणको अन्तिम चरणमा पुगेको बताएको छ, यो हुनै सक्दैन,’ ट्रम्पले ट्वीट गरे ।

ट्रम्पले के भन्न खोजेका हुन्, प्रस्ट भएन । उत्तर कोरियाले अन्तर्महाद्वीपीय क्षेप्यास्त्र बनाउन सक्दैन कि अमेरिकाले उसलाई बनाउनबाट रोक्छ ट्रम्पले प्रस्ट्याएनन् ।

उनले बेइजिङप्रति व्यंग्य कस्दै प्योङयाङलाई आणविक हतियार कार्यक्रम त्याग्नलाई दबाब नदिएको कुरासँग व्यापारलाई जोडे ।

‘चीनले अमेरिकासँग एकतर्फी व्यापार गरेर टन्न पैसा र सम्पत्ति हत्याएको छ तर उत्तर कोरियाको मामिलामा सहयोग गर्दैन, गजब,’ उनले अर्को ट्वीटमा लेखे ।

द गार्डियन

मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti