Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका बारेमा केही रोचक तथ्य

काठमाडौं — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले अमेरिकामा मार हान्न सक्ने क्षेप्यास्त्र आफूहरूले बनाएको दाबी गरेसँगै संसारमा तरंग आएको छ । संसारको चासो उत्तर कोरिया र किममाथि छ । उनका बारेमा जान्न धेरै मानिसलाई उत्सुकता छ ।


किम उत्तर कोरियाका पूर्वनेता किम जोङ–इलका छोरा हुन् । जोङ–इलमा अतिमानवीय गुण थियो र उनले जिन्दगीमा कहिल्यै दिसा गरेनन् भन्ने चर्चा चल्थ्यो । यस्ता अतिमानवीय गुण भएका बुवाको जिन छोरामा पनि सरेको मानिन्छ ।

किमले बाल्यकालमा स्विट्जरल्यान्डको स्कूलमा पढेका हुन् । उनी पढ्नमा ल्वाँदे थिए र कुनै परीक्षा पास गरेनन् । उनी बास्केटबल चाहिँ रमाई रमाई खेल्थे । पढाइमा ध्यान नदिएकाले उनलाई राम्रो स्कूलबाट झिकेर मध्यमस्तरीय विद्यालयमा हालिएको थियो । उनलाई अर्को स्कूलमा पाक उन नाम राखेर भर्ना गरिएको थियो ।

उनले २७ वर्षको हुँदा आफ्ना हजुरबुवा किम इल सुङसँग अनुहार मिलोस् भनेर प्लास्टिक सर्जरी गरेका थिए ।
उनी २९ वर्षको हुँदा व्यंग्यात्मक पत्रिका दी अनियनले उनलाई बाँचेकामध्ये सबभन्दा सेक्सी पुरुष घोषणा गरेको थियो ।

उनी संसारका सबभन्दा कान्छा नेता हुन् तर उनको वास्तविक उमेर कसैलाई थाहा छैन । उनी १९८२ देखि १९८४ को बीचमा जन्मेको मानिन्छ ।

उनलाई स्विट्जरल्यान्डको चीज एकदमै मन पर्छ । धेर चीज खाएर उनी मोटाएका हुन् । आफ्ना जनता भोकै सुत्नुपर्दा उनी चाहिँ भुक्क फुलेका छन् ।

आफ्नो बुवाको मृत्यु हुँदा उनले सारा उत्तर कोरियालीलाई शोक मनाउन बाध्य पारेका थिए । रुन नजान्नेलाई गोही आँसु भएपनि चुहाउन तालिम दिइएको थियो ।

एकजना मन्त्रीले उनको बुवाको मृत्युसंस्कारका बेलामा रक्सी पिएर आएको थाहा पाएपछि उनले ती मन्त्रीलाई तोपले उडाउन लगाएका थिए ।

उनले आफ्नै अंकल ज्याङ सोङ थाएकलाई राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा नांगेझार पारेर कुकुरहरूको खोरमा फालेका थिए । अनि उनले अन्टीलाई विष खुवाएर मारेका थिए ।

औपचारिक समारोहमा हाई काढ्ने एक उच्चस्तरका कर्मचारीलाई पनि उनले तोपले उडाउन लगाएका थिए ।
कुनै सैन्य अनुभव नभइकन पनि उनी चारतारे जनरल हुन् ।

उनको कपाल काट्ने स्टाइल उत्तर कोरियामा लोकप्रिय छ र यसलाई ‘महत्वाकांक्षी’ नाम दिइएको छ । देशका विश्वविद्यालयमा रहेका पुरुष विद्यार्थीलाई उनको हेयरस्टाइलको नक्कल गर्न लगाइन्छ ।

एजेन्सी बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing