Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

अस्ट्रेलियाका समुद्रमा यही महिनामा नेपाली लगायत १७ मानिस डुबे, कारण यस्तो

काठमाडौं, २० पुस — क्रिसमसको दिन पुस १० गते रोयल नेसनल पार्कको लगूनमा डुबेर २७ वर्षीय नेपाली सुजन अधिकारीको मृत्यु भयो । त्यसको भोलिपल्टै सुजन शर्मा दक्षिण सिड्नीमा पौडी खेल्ने क्रममा डुबे ।


गत क्रिसमसदेखि अस्ट्रेलियाको सिड्नीमा नेपालीसहित १७ जना समुद्रमा डुबेर मरेका छन् ।

सिड्नीमा लोकप्रिय समुद्री तट र दुर्गम पानीको प्वाल अनि स्विमिङ पूलमा समेत मानिस डुबे ।

तीनजना नाबालक र १४ वर्षीय बालकको पनि डुबेर मृत्यु भयो । मर्ने सबै पुरुष हुन् ।

सिड्नीमा यत्तिका धेरै मानिस एकै समयमा मरेको यो पहिलो अवसर हो । न्यु साउथ वेल्सका सडकमा धेरै मानिस मर्ने भएपनि समुद्रमा डुबेर यसरी भकाभक मानिस मरेका थिएनन् ।

सामुद्रिक उद्धारकहरूले न्यु साउथ वेल्समा अझै धेरै त्रासदी हुन सक्ने अनुमान गरेका छन् ।

यस्ता घटनाको जिम्मेवारी कसले लिने भनी उठेको प्रश्नमा न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री डेभिड एलियटले मानिसहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने बताए ।

रोयल लाइफ सेभिङ सोसाइटीका जस्टिन स्कारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू सुजन अधिकारी र सुजन शर्मा दुई छुट्टाछुट्टै घटनामा डुबेर मृत्यु भएको घटनाले गहिरो चिन्ता दिएको बताए ।

पानीमा कसरी सुरक्षित रहने भन्ने सन्देश थप प्रभावकारी बनाउनुपर्ने स्कारले बताए ।

यसैबीच गत साता मात्र निस्केको एक प्रतिवेदनका अनुसार रक्सी पिएर पौडी खेलेका कारण पनि धेरै मानिसको मृत्यु हुने गरेको छ ।

महिला भन्दा पनि पुरुषले रक्सी पिएर पौडी खेल्ने अनि जोखिम मोल्ने गरेका छन् ।

बीबीसी बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam