ntc

विश्व/प्रवास

भारतमा शिख सम्प्रदायका पहिलो प्रधानन्यायाधीश



नयाँ दिल्ली, २० पुस - भारतमा बुधबार नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ । बुधबार नियुक्त हुनुभएका नयाँ प्रधानन्यायाधीश जगदिश सिंह खहर यहाँको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश हुनुभएको बताइएको छ । jagadish

सो कुराको जानकारी भारतीय सञ्चारमाध्यमले बुधबार दिएका छन् । ती सञ्चारले खहरलाई भारतको शिख सम्प्रदायको पहिलो प्रधानन्यायाधीश भनी प्रचार गरेका छन् ।

उहाँ भारतको ४४ औँ प्रधानन्यायाधीश हो । उहाँले सो पदको पद तथा गोपनीयताको सपथ बुधबारमात्र लिनुभएको नयाँ दिल्लीबाट सञ्चारमाध्यमहरुले आज जानकारी दिएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीमा अवस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको एक विशेष समारोहमा यहाँका राष्ट्रपति प्रणव मुखर्जीबाट उहाँले सपथ लिनुभएको हो ।

भारतीय प्रधानन्याधीश तीर्थसिंह ठाकुर मङ्गलबार सेवानिवृत्त भएपछि उहाँलाई बुधबार यस पदमा नियुक्त गरिएको हो ।

नवनियुक्त प्रधानन्यायाधीश खहरको कार्यकाल सात महिनाको मात्र रहेको छ । उहाँ ६४ वर्षका हुनुहुन्छ ।

भारतीय संविधानअनुसार प्रधानन्यायाधीश देशको न्यायपालिकाका प्रमुख हुन्छ । साथै देशको सर्वाेच्च अदालतको पनि प्रमुख प्रधानन्यायाधीश नै हुने संवैधानिक प्रावधान छ । बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam