Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

आफ्नै परिवारका १० जनाको हत्या गरी एक भारतीयद्वारा आत्महत्या



उत्तर प्रदेश २० पुस - भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक व्यक्तिले आफ्नै परिवारका १२ जनालाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी १० जनालाई हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । Crime-Pix

महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायता हत्या गरको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताए । परिवारका सदस्यहरुको हत्या पश्चात जमालुले झुन्डिएर आत्महत्या गरको हुनसक्ने बताइएको छ ।

घटनापछि परिवारकै दुईजनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । पीटीआई बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing