ntc

विश्व/प्रवास

रुससँग अमेरिकी सम्बन्धको विरोध गर्नेहरु मुर्ख : ट्रम्प

काठमाडौं, २४ पुस– नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको सम्बन्धको विरोध गर्नेहरु मुर्ख भएको जनाएका छन् ।  उनले रुससँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोडदिएका छन् ।


ट्रम्पले यस विषयमा कयौं ट्वीटहरु गरेका छन् । उनले विश्वमा आफ्ना अगाडि अनेक चुनौति भएको भन्दै अर्को चुनौति थप्न आफूल नचाहेको बताएका छन् । उनले आफूले राष्ट्रपतिको पद समालेसँगै रुसले अमेरिकाको सम्मान गर्ने बताएका छन् । उनले रुससँग मिलेरै आफू विश्वका समस्या समाधान गर्न चाहेको बताए ।

यसअघि एक जासुसी रिपोर्टमा ट्रम्पलाई जिताउन रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले साइवर अभियान चलाउन आदेश दिएका समाचारहरु सार्वजनिक भएका थिए । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam