ntc

विश्व/प्रवास

अमेरिकी चुनावमा रसियाले साइबर हमला गरेको स्वीकार्दै ट्रम्पले दिए यस्तो प्रतिक्रिया

काठमाडौं, २५ पुस– अमेरिकी राष्ट्रपति चुनावका क्रममा रसियाले चुनावी प्रक्रियामा साइबर हमला गरेको अमेरिकी अनुसन्धान व्यूरोले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकी नवनिर्वाचित राष्ट्रपनि डोनाल्ड ट्रम्पले स्वीकारेका छन् ।
रसियाको यस साइबर हमलाप्रति डोनाल्ड ट्रम्पले नयाँ कदम चाल्ने ट्रम्पका प्रमुख कर्मचारी रेनिस प्रिबुसले आइतवार जानकारी दिएका छन् ।

रुसले चुनावी प्रक्रियामा साइबर हमला गरेको ट्रम्पले स्वीकारे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यसबारेमा संलग्नता कस्तो थियो भन्ने बारेमा प्रिबुसले प्रष्ट पारेका छैनन् ।

रसियामा रहेका केही संस्थाहरुको मात्रै यस घटनामा संलग्न देखिएको कारण यसलाई ठूलो घटनाका रुपमा लिन नपर्ने प्रिबुसको भनाई छ ।

चुनावमा रसियाको हस्तक्षेप रहेको स्वीकार्दै पहिलोपटक रिपब्लिकनको भनाई बाहिर आएको हो । डेमोक्रेटिक पार्टीका इमेलहरु चुनावको क्रममा रसियाले ह्याक गरेको ट्रम्पले पनि स्वीकारेका छन् ।

नोभेम्बरमा भएको अमेरिकी चुनावमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनकोे छवी बिगार्न र उनको हारको लागि रसियाले साइबर हमलाको बाटो अपनाएको अमेरिकी अनुसन्धान व्युरोले प्रतिवेदनमा सार्वजनिका गरेका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशनमा गठन भएको उच्च स्तरीय अनुसन्धान आयोगले रसियाको हस्तक्षेपका कारण तुलनात्मक भोटिङ गन्ती प्रक्रियामा कुनै असर नगरेपनि चुनावी परिणामलाई असरपार्ने अरु कुनै तरिका रसियाले अपनाएको हुनसक्ने आकंलन गरिएको छ ।

अमेरिकी अनुसन्धान व्यूरोको उक्त प्रतिवेदन हेरेपछि ट्रम्पले चुनावी प्रक्रियामा रसियालाई तोकेरै हस्तक्षेपको आरोप नलगाएपनि चीन,रसिया लगायत अन्य देशबाट बेला बेलामा अमेरिकी सरकारी र ब्यापारका मामलामा साइबर आक्रमण भइराखेको भन्दै घुमाउरो पारामा चुनावी प्रक्रियामा रसियाको हस्तक्षेपलाई संकेत गरेका थिए ।

समाचार संस्था रोयटर्ससँग शुक्रवार बोल्दै ट्रम्पका प्रबक्ता सेन स्पाइसरले पनि प्रिबुसले जस्तै चुनावमा रसियाको हस्तक्षेपबारे ट्रम्पको स्वीकारोक्ति रहेको बताए ।

यस घटनापछि ट्रम्पले अमेरिकाको रसियाप्रति आफ्नो विदेश नीतिमा कुनै प्रभाव नपारे पनि रसियाको साइबर आक्रमणलाई रोक्ने ट्रम्पले ठोस कदम चाल्ने विज्ञहरुको आकंलन छ ।

शनिवार ट्वीट गर्दै अमेरिकी नव निर्वाचित राष्ट्रपति ट्रम्पले रसियासँग अमेरिकाले राम्रो सम्बन्ध राख्नु आवश्यक रहेको भएको बताए । रोयटर्स सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam