विश्व/प्रवास

जापानमा गायक क्षेत्रीको विशेष प्रस्तुती हुँदै, तयारी पूरा

जापान –जापानमा रहेका नेपालीलाई लक्षित गर्दै आयोजना गर्न लागिएको सांगीतिक कन्सर्टको तयारी सकिएको छ ।
ख्यातिप्राप्त गायक विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको प्रस्तुतिमा यही जनवरी १५ तारिखमा टोकियोस्थित रुने कोदाइरा हलमा गरिने तय भइसकेको छ ।

ब्याण्डले आफ्ना दर्जनभन्दा बढी चर्चित नेपाली गितहरू प्रस्तुत गर्नेछ । टोली ११ तारिखमा जापान आइपुग्ने आयोजक गोरेटो प्रोडक्सनले जानकारी दिएको छ ।

कन्सर्टमा एक हजार भन्दा बढी दर्शक उपस्थित हुने आयोजकको दावी छ ।

कन्सर्टको सम्पूर्ण तयारी सकिएको आयोजक प्रोडक्सनले जानकारी दिएको छ । कार्यक्रममा सहभागिताको लागि जापान बस्ने नेपालीलाई आयोजक संस्था गोरेटोले आग्रह गरेका छ । पुस २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस