सिनेमा

कंगनाले भिडियो बनाएर बलिउड कलाकार र निर्देशकको मजाक उडाइन्

काठमाडौं, २८ भदौ — बलिउड अभिनेत्री कंगना रनावत आजकल विवादमा घेरिएकी छन् । ‘आप की अदालत’ नामक टीभी कार्यक्रममा हृत्तिक रोशनदेखि लिएर आदित्य पञ्चोलीसम्म अफेयरका बारेमा कुरा गरेर कंगनाले तरंग ल्याएकी हुन् ।


हालै उनले ‘अल इन्डिया बकचोद’ नामक हास्य समूहको युट्युब च्यानलका लागि एक डान्स भिडियोमा बलिउडका टप कलाकारहरूमाथि व्यंग्य गरेकी छन् ।

कंगनाले भिडियोमा रातो रंगको लहंगा लगाएर ‘चिटियाँ कलाइयाँ वे’ नामक गीतको प्यारोडी भर्जनमा नाचेकी छन् ।
भिडियोमा उनी लीड हिरोइन बनेकी छन् ।

गीतको शब्द पनि विवादास्पद छ । बलिउडले हिरोइनहरूलाई कसरी वस्तुकरण गरेको छ भनी शब्दमा झल्किन्छ । ‘कज आई ह्याभ भजाइना रे, क्लिेभज फ्रन्टपेज में छपाइया रे, सिर्फ चढ्ढिया में नचाइया वे’ लगायतका शब्द प्रयोग गरिएको छ ।

हेरौं भिडियो :


एजेन्सी

भदौ २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस