Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

विश्व/प्रवास

प्लेनमा भेटियो साँप, अनि के भयो ?

काठमाडौं, २६ पुस — प्लेन चढेर पुग्नु छ कहाँ कहाँ, ढोकाभित्र पस्नेबित्तिकै भेटिन्छ साँप । के हालत हुन्छ होला यात्रुको ?


लगभग यस्तै स्थिति बन्यो एमिरेट्सको एक फ्लाइटमा । खलीज टाइम्सको एक रिपोर्ट अनुसार पुस २४ गते ओमानबाट दुबई उड्न ठिक्क परेको एमिरेट्सको फ्लाइट संख्या ईके–०८६३ भित्र विषालु सर्प भेटियो ।

धन्य, यात्रुहरू चढ्नुअघि नै विमान कर्मचारीले सर्प देखेका रहेछन् । कुनै दुर्घटना हुनुअघि नै फ्लाइट क्यान्सिल भयो ।

प्लेनको कार्गो राख्ने ठाउँमा सर्प आएर लुकेको रहेछ ।

एमिरेट्स एयरलाइन्सले यस विषयमा छानबिन हुने बताएको छ ।

दुई महिनाअघि एयर मेक्सिकोको विमानमा पनि सर्प छिरेको थियो । उक्त विमान तरियोनबाट राजधानी मेक्सिको सिटी जाँदै थियो ।

प्लेनमा सामान राख्ने क्रममा क्याबिनमा लुकेको साँप बाहिर आयो । अनि त यात्रु र विमान कर्मचारीको सातो गयो ।

यात्रुहरू सिट छोडेर चिच्याउँदै भाग्न थाले । पछि बल्ल विमान कर्मचारीले साँपमाथि कम्बल फालेर उसलाई नियन्त्रणमा लिए । प्लेन अवतरण नभएसम्म यात्रुहरू आतंकित भइरहे ।

एजेन्सी मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell