Nic Asia
cocacola

विश्व/प्रवास

अमेरिकी राष्ट्रपति ओबामाको बिदाइ भाषण, लोकतन्त्र बचाउन जनतालाई आग्रह

काठमाडौं, २७ पुस — अमेरिकाका राष्ट्रपति बाराक ओबामाले शिकागो आफ्नो बिदाइ भाषण दिँदै अमेरिकीहरूलाई लोकतन्त्रको रक्षा गर्न आह्वान गरेका छन् ।


हजारौं समर्थकहरू भेला भएको समारोहमा ओबामाले भने, ‘आठ वर्षअघिभन्दा अमेरिका सबै कुरा अब्बल भइसकेको छ ।’

तर उनले ‘लोकतन्त्रलाई हलुका रूपमा लिएमा यसमाथि संकट आइपर्ने’ चेतावनी दिए ।

सबै पृष्ठभूमिका अमेरिकीहरूलाई अर्काको दृष्टिकोणबाट पनि हेर्न अनुरोध गर्दै अन्यलाई ‘ध्यान दिन र सुन्नपर्छ’ भने ।

ओबामा अमेरिकाका प्रथम अश्वेत राष्ट्रपतिका रूपमा सन् २००८ मा निर्वाचित भएका थिए । त्यतिखेर उनले आशा र परिवर्तनको सन्देश दिएका थिए ।

उनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले ओबामाका केही महत्वपूर्ण नीतिलाई खारेज गर्ने प्रतिज्ञा गरेका छन् ।

आर्थिक असमानता, जातीय विभाजन र आफ्नै संसारमा रमाउने सामाजिक प्रवृत्तिले अमेरिकाको लोकतन्त्रमा खतरा ल्याउने ओबामाले बताए ।

बीबीसी बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti