Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

चीनले दियो भारतलाई चेतावनी : अमेरिकासँग निकटता नबढाउनू

काठमाडौं, २७ पुस — चीनले अमेरिकासँग सम्भावित व्यापार युद्धको सन्दर्भमा भारतलाई चेतावनी दिएको छ ।


डोनाल्ड ट्रम्प प्रशासनप्रति झुकाव राख्दै अमेरिकासँग नजिकिन खोज्नु भारतको बुद्धिमानी नहुने चीनले बतायो ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार भारतले ट्रम्प प्रशासनका कारण आफ्नो अर्थव्यवस्थामा वृद्धि हुने धारणा बनाएको हो भने त्यो गलत हो ।

अमेरिका र भारतका बीचको आर्थिक सम्बन्धलाई धेरै महत्व दिँदा भारतले गलत कदम उठाउनसक्ने ग्लोबल टाइम्सको आँकलन छ । यसो गर्दा भारत आर्थिक विकासको बाटोबाट भड्किने रिपोर्टमा लेखिएको छ ।

विकासका सम्बन्धमा भारत यथार्थवादी हुनुपर्ने चीनको मान्यता छ । अमेरिकातर्फ झुक्नुभन्दा भारतले निर्माण उद्योगको विकासमा बढी ध्यान दिनुपर्ने रिपोर्टको निष्कर्ष छ ।

एजेन्सी बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam