अनौठो संसार

बाराक ओबामालाई म्युजिक कम्पनीले जागिर खान बोलायो !

काठमाडौं, २८ पुस–अमेरिकी राष्ट्रपति बाराक ओबामाले ८ वर्षसम्म अमेरिकको राष्ट्रपति पद समालेर विदा लिएका छन् । अमेरिकी इतिहासमा लोकप्रिय राष्ट्रपतिमध्ये एक हुन् ।

आफ्नो अन्तिम विदाइ भाषण दिइसकेका ओबामाको ह्वाइट हाउस बसाई २० जनवरीमा सकिने छ । अव उनी के गर्छन त ? सबैको चासो यसमै छ ।

नेपाल जस्तो देशमा पूर्व राष्ट्रपति वा सरकार प्रमुखहरु सरकारी सेवा लिन्छन् र बस्छन् । तर अमेरिकामा पूर्व राष्ट्रपतिहरु केही न केही काममा लाग्ने गरेका छन् । यसैबीच ओबामालाई अहिलेबाट जागिरका लागि अफरहरु आउन शुरु भएका छन् । पहिलो अफर उनलाई अनलाई म्यूजिक कम्पनी ‘स्ट्रीमिंग’ ले दिएको छ ।

स्विेडेनको यस कम्पनीले ओबामालाई ‘प्रेसिडेन्ट अफ प्लेलिस्ट्स’ पदको अफर गरेको छ । यदी ओबामाले यो अफर स्वीकार गरे भने उनको काम गीतको सूची तयार गर्नु हुने छ । कम्पनीले निकालेको विज्ञापनमा अमेरिकाको राष्ट्रपति पदमा आठ बर्षको अनुभव राखिएको छ । जसलाई अनौठो रुपमा लिइएको छ । पुस २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस