Nic Asia
Sarbottam Cement

विश्व/प्रवास

ओबामाले बिदाइ भाषण दिँदा छोरी साशा कहाँ थिइन् ?

काठमाडौं, २८ पुस — अमेरिकाका राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा अन्तिम भाषण दिँदा उनकी कान्छी छोरी साशा सँगै देखिइनन् । ट्विटरमा यसका बारेमा खुब हल्लाखल्ला भयो ।


ट्विटेहरू अनुपस्थित साशालाई खोज्न थाले र ह्वेरइजसाशा भन्ने ह्याशट्याग खुबै हिट भयो । शिकागोको मककोर्मिक प्लेसमा बाराकसँग पत्नी मिशेल र ठूली छोरी मालिया त देखिए तर साशा गायब थिइन् ।

साशाको अनुपस्थितिका बारेमा ट्विटेहरूले धेरैथरी अनुमान लगाए । उनी प्रतिआतंकवादी मिसनमा लागेको वा ट्रम्पको करछलीका बारेमा खोज गरिरहेको अनुमान लगाइयो ।

पछि सरकारका एक उच्च पदाधिकारीले साशाको परीक्षा चलिरहेकाले गर्दा उनी भाषणमा अनुपस्थित रहेको बताए ।
साशा वाशिङटन डिसीस्थित सिडवेल फ्रेन्ड्स नामक निजी स्कूलमा पढ्दैछिन् ।

भाषणका क्रममा ओबामाले आफ्ना छोरीहरूको प्रशंसा गरेका थिए ।

एजेन्सी बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell